भारतीय सहयोगमा निर्मित भीमसेन आदर्श माध्यमिक विद्यालयको भवन उद्घाटन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको २.५८३ करोड नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण भएको भीमसेन आदर्श उच्च माध्यमिक विद्यालयको नव निर्मित विद्यालय भवन उद्घाटन गरिएको छ ।

काठमाडौँस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधि, विद्यार्थी एवम् विद्यालय परिवारद्वारा संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत विद्यालयको भवनको उद्घाटन गरिएको हो । भारत सरकारको आर्थिक सहयोगमा जिल्ला समन्वय समितिले कार्यान्वयन गरेको यस विद्यालय भवनमा १६ वटा कक्षा कोठा, प्रयोगशाला, प्रशासन तथा कर्मचारी कक्ष, बैठक कक्ष, चमेना गृह, औषधी कक्ष र सरसफाइ सुविधा रहेका छन् ।