स्विंग स्टेट्समा पेन्डुलम अमेरिकी राष्ट्रपति चुनाव


वासिंगटन (एजेन्सी) । 

अहिले विश्वकै ध्यान अमेरिकी राष्ट्रपति चुनावमा छ । मंगलबार अमेरिकी जनतां देशको ४६ राष्ट्रपति चयनका लागि मतदान गरिरहेका छन् ।

मतदान मंगलबार भनिएपनि अली वोटिंग सिस्टम अनुसार यसअघि नै धेरैले मतदान गरिसकेका छन् । औपचारिक मतदान सुरु हुन अघि नै यस पटक ९ करोड ३० लाखले मतदान गरिसकेका छन् । अमेरिकामा संघिय चुनाव प्रणाली छ तर हरेक राज्यसँग पनि चुनाव सम्बन्धि आफ्नै अधिकार छन् ।

यस पटकको प्रतिस्पर्धा भनेको बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याट पार्टीका उम्मेदवार जोय् बाइडेनबीच हो । दुबै उम्मेदवार ७० बर्ष नाघेका हुन् । राजनितिक रुपमा अमेरिका रेड स्टेट, ब्लु स्टेट र स्विंग स्टेटमा विभाजित छ ।

रिपब्लिक पार्टीको वर्चश्व अर्थात प्रभाव रहेका राज्य रेड स्टेट हुन् । रिपब्लिकन पार्टीको झन्डा रातो भएकोले उसको प्रभावमा रहेका राज्यलाई रेड स्टेट भनिएको हो । यसका समर्थकहरु प्राय यसै रंगको टोपी र टि सर्टमा देखिन्छ । सन् २०१६ देखि डोनाल्ड ट्रम्प राष्ट्रपति हुन् र उनी रिपब्लिकन पार्टीका सदस्य हुन् । यो पटक उनी दास्रो कार्यकालका लागि चुनावी मैदानमा छन् । अमेरिकाका कुल ५० राज्य मध्य अहिले २६ मा रिपब्लिकन पार्टीको सरकार र गभर्नर छन् , अर्थात २६ रेड स्टेट छन् ।

त्यसैगरी जुन राज्यमा डेमोक्र्याटिक पार्टीको प्रभाव धेरै छ, त्यसलाई ब्लु स्टेट भन्ने गरिन्छ । यो पार्टीको झन्डा निलो छ । अहिले २४ राज्यमा यस पार्टीको सरकार र गभर्नर छन् । डेमोक्राटिक पार्टीले यो पटक जोय् बाइडेनलाई उम्मेदवार बनाएको छ । यसअघि बाराक ओबामा यही पार्टीबाट दुई पटक राष्ट्रपति बने । ओबामाको कार्यकालमा बाइडेन उनका उपराष्ट्रपति थिए । पार्टीले उनलाई अनुभवी नेता र ट्रम्पका तुलनामा धेरै राम्रो उम्मेदवार बताइरहेको छ जसले देशमा समानताको कुरा गरिरहेको छ ।

अमेरिकाको राजनितिक नक्सामा केही राज्य त्यसता छन् जसलाई स्विंग स्टेटको नामले चिनिन्छन् । यहाँका मतदाताहरुमा जता पनि जान सक्ने सम्भावना रहेकोले नै यसलाई स्विंग स्टेट्स भनिएको हो । ओहाइयो, फ्लोरिडा, एरिजोना, पेन्सिलवेनिया र विस्कोन्सिन यस पटकको चुनावमा स्विंग स्टेट हुन सक्छ । यी बाहेक सन् २०२० चुनावमा जर्जिया, मिसिगन नेवाडा, न्यु ह्याम्पसायर, नर्थ क्यारोलिना, टेक्ससलाई पनि स्विंग स्टेट्सको दर्जामा राखिएको छ । हरेक चुनावमा स्विंग स्टेट्स परिवर्तन हुने गर्छ । यी राज्यका कारण नै बाइडेन र ट्रम्पको टक्करलाई धेरै रोचक बनेको छ । चुनाव प्रचारका अन्तिम दौडमा दुबै उम्मेदवार यी राज्यहरुमा धेरै केन्द्रित भएका छन् । स्विंग स्टेट्सलाई ब्याटल ग्राउन्ड वा पर्पल स्टेट्स पनि भन्ने गरिन्छ । पर्पल अर्थात निलो र रातो मिलाएपछि बन्ने रंग । चुनावको दुष्टिकोणले यहा जो पनि जित्ने सम्भावना राख्छ । वास्तवमा रेड र ब्लु स्टेटको चुनावी नतिजा सुनिश्चित जस्तै हुने भएकोले पर्पल स्टेट नै अमेरिकी राष्ट्रपति चयनमा निर्णायक हुने गर्छ ।

डेमोक्र्याटिक पार्टी

डेमोक्र्याटिक पार्टी अमेरिकाको सबैभन्दा पुरानो पार्टी हो । यो पार्टी सन् १८२४ जनवरी ८ मा गठन भएको हो । करिब २ सय बर्ष पुरानो यो पार्टी औपचारिक गठन पुर्व फेडरल पार्टीका रुपमा चिनिन्थ्यो । सुरुवाटमा केही मुद्दामा यो पुंजीवादको समर्थकका रुपमा देखिएको हो । तर २० औं सताब्दीमा पार्टीको नितिमा परिवर्तन प्रष्ट रुपमा देखियो । अहिले यो आधुनिक उदारवादको समर्थक मानिन्छ । बलियो केन्द्र सरकारका पक्षधर रहेको यो पार्टी अल्पसंख्यक तथा महिला अधिकारको समर्थन गर्छ । यो बाहेक स्वास्थ्य, शिक्षा, श्रम र जलवायुमा उदारवादी नितिको समर्थन गर्छ ।

रिपब्लिकन पार्टी

सन् १८५४ मा रिपब्लिकन पार्टीको स्थापना भएको हो । यसलाई जीओपी अर्थाता ग्य्रान्ड ओल्ड पार्टी पनि भन्ने गरिन्छ । बर्तमान राष्ट्रपति ट्रम्प यसै पार्टीका सदस्य हुन् । मुल रुपमा यसको नितिले अमेरिकी परम्परा तथा रुढिवादको समर्थन गर्छ । यसको विचारधारा अनुसार सरकार नागरिकको जीवनमा धेरै हस्तक्षेपकारी भुमिकामा रहनु हुन्न भन्ने छ । कर कम गर्नमा जोड दिएको हुन्छ । गर्भपात र आप्रवासीमाथि रोक लगाउने नितिलाई समर्थन गर्छ । यो पार्टीका धेरैजसो समर्थक अमेरिकालाई सर्वश्रेष्ठ मान्ने श्वेत हुने गरेको छ । यो पार्टी अमेरिकाको गन कल्चर अर्थात बन्दुक राख्ने संस्कृतिको विरोध गर्दैन । विगत केही बर्षदेखि यस पार्टीमा युवा तथा कट्टरपन्थी श्वेत समुहहरु उदय भएका छन् । ती समुहमाथि नस्लवादी हिंसाको आरोप लागिरहेको छ ।