फ्रान्सको झण्डा जलाएका छैनौं : मुस्लीम समाज स्याङजा

0
Shares

अमृत अर्याल, स्याङजा ।

फ्रान्सका राष्ट्रप्रमुख इमेन्युअल म्याक्रोनको पुत्लादहन कार्यक्रममा केही संचारमाध्यमहरुले पुत्लासगै फ्रान्सको झण्डा पनि जलाईएको भन्ने समाचार प्रति मुस्लीम समाज स्याङजाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक प्रेसविज्ञप्ती जारी गर्दै स्याङजा मुस्लिम समाजले म्याक्रोनको पुत्लामात्र दहन भएको स्पष्ट पारेको हो ।

स्याङजा मुस्लिम समाजका सचिव हाजी मोहम्मद मियाँद्धारा हस्ताक्षरीत विज्ञप्तीमा फ्रान्सका राष्ट्रप्रमुख म्याक्रोनले ईश्लाम धर्मका अन्तिम सन्देष्टा पैगम्बर मोहम्मदको अपमान हुनेगरी तस्वीर अंकित कार्टुन बनाई कार्यालयहरुमा झुन्डाउने निर्णय गरेपश्चात बाडखोलामा म्याक्रोनको पुत्लादहन गरिएको उल्लेख गरिएको छ ।

बाड्खोलामा भएको पुत्लादहन कार्यक्रममा फ्रन्सको झण्डा नजालाईएको तर केही संचारमाध्यममा झण्डा पनी जलाईएको भन्ने समाचार प्रकाशन भएपछी विज्ञप्ती जारी भएको थियो । सबै देशका झण्डाहरुलाई सम्मान गर्ने जानकारी दिदै झण्डा जलाउने उद्देश्य नरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

स्याङजाको पुतलीबजार नगरपालिका–३, बाडखोलामा रहेको अहले सुन्नत वलजमात नुमरा जामाँ मस्जिदले फ्रान्सका राष्ट्रप्रमुख म्याक्रोनको बाडखोलामा पुत्लादहन गरेको थियो । फ्रान्सका राष्ट्रप्रमुख म्याक्रोनले गरेका निर्णय विरुद्ध मुस्लीम समुदायले बाडखोलामा पुत्लादहन गरेको हो ।