बाघ र भालुले बाइडेनलाई जिताए


मस्को (एजेन्सी) ।

अमेरिकामा राष्ट्रपति चुनावका लागि मतदान हुन १ दिन बाँकी छ । चुनावको अन्तिम घडीमा पनि चुनावी नतिजाको अनुमानले स्पष्ट खाका दिन सकेको छैन । विश्वभरका दिग्गज राजनितिक पन्डित यस पटकको चुनाव बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको जित हुन्छ वा डेमोक्र्याट उम्मेदवार जोय् बाइडेनले बाजी मार्नेछ भन्ने विश्लेषणमै लागिरहेका छन् । धेरैजसो मत सर्वेक्षणले बाइडेन जित्ने प्रक्षेपण गरेपनि यसलाई स्विकार नगर्नेहरु पनि त्यतिकै छन् ।

यसबीच रुसको साइबेरिया स्थित एक चिडियाखानाले अमेरिकी राष्ट्रपतिको चुनावलाई लिएर भविष्यवाणी गरेको छ । यस प्रयोगमा डेमोक्र्याट उम्मेदवार जोय् बाइडेनको पल्ला भारी देखिएको छ । यो भविष्यवाणी गर्ने चिडियाखानाका तीन जनावर हुन् ।

यसमा एक साइबेरियन खैरो भालु, एक सेतो बंगाल बाघ र उनको साथी साइबेरियन बाघ हुन् । यस परिक्षणमा तीनै जना जनावरलाई दुई दुई तरबुजा दिइएको मस्को टाइम्सको एक समाचारमा उल्लेख गरिएको छ । ती दुई मध्य एक मा ट्रम्प र अर्कोमा बाइडेनको तस्विर राखिएको थियो । सेतो बंगाल टाइगर खानले ट्रम्पको तरबुजालाई बेवास्ता गरे र बाइडेनको तरबुजालाई चारै तिर चक्कर लगाए ।

साइबेरियन टाइगर बाराकले पनि बाइडेनको तरबुजामा चासो देखाए र त्यसलाई फोडि नै दिए । त्यसपछि पालो थियो साइबेरियन खैरो भाल बुयानको । बुयानले पनि बाइडेनको तरबुजा नै चुने र आफनो भोजन पनि बताए । यसै चिडियाखानाका एक ध्रुबिय भालुले सन् २०१६ मा हिलारी क्लिन्टनलाई हराएर ट्रम्पले चुनाव जित्ने भविष्यवाणी गरेको थियो ।

यसबीच जोय् बाइडेनले अमेरिकी जनतासँग राष्ट्रपति ट्रम्पलाई पदबाट हटाउन अपिल गरेका छन् । विगत ४ बर्षमा उनले देशलाई विभाजन गरेको र बर्बाद पारेको उनले आरोप लगाए ।