यसरी हुँदैछ अमेरिकामा ४६ औं राष्ट्रपति निर्वाचन


वासिंगटन (एजेन्सी) ।

अमेरिकी जनता विश्वकै शक्तिशाली देशका शक्तिशाली राष्ट्रपति चयनका लागि मतदान गर्दैछन् । यो मतदानले शिधै राष्ट्र्पति चयन गर्ने भने होइन ।

अमेरिकामा चुनावको नतिजामा जुन उम्मेदवारले धरै जनताको मत हासिल गर्छ उसको जीत नहुन पनि सक्छ । किनभने अमेरिकामा मतदाताले सिधै राष्ट्रपति चयनका लागि भोट दिएका हुँदैनन् । यो इलेक्टोरल कलेजका माध्यमबाट तय हुने गर्छ । यो नै अमेरिकी राष्ट्रपति चुनावको सबैभन्दा अनौथो विशेषता पनि हो ।

जब अमेरिकी जनता राष्ट्रपति चुनावमा मत दिइरहेका हुन्छन् वास्तवमा उनीहरु अधिकारीहरुको एक समुहका लागि मतदान गरिरहेका हुन्छन् । कलेज शब्दको अर्थ त्यसता ब्यक्तीहरुको समुह भन्ने हुन्छ जो कुनै विशेष काम सम्पन्न गर्न आबद्ध हुन्छन् । यिनीहरु इलेक्टर्स हुन र यिनीहरुको काम भनेको राष्ट्रपति र उप राष्ट्रपति चुन्नु हो ।

इलेक्टोरल कलेजको भेला हरेक चारबर्षमा हुने चुनावको दिनको केही हप्तापछि हुन्छ ताकी यो काम पुरा गर्न सकुन् ।
हरेक राज्यबाट इलेक्टर्सको संख्या सामान्य रुपमा उक्त राज्यको आवादीको अनुपातमा हुन्छ । अमेरिकामा यी इलेक्टर्सको संख्या ५ सय ३८ छ । क्यालिफोर्नियामा सबैभन्दा धेरै ५६ इलेक्टर छन् भने ब्योमिंग, अलास्का र नर्थ डेकोटा जस्ता केही राज्यमा यी इलेटक्र्सको संंख्या न्यनतम तीन छन् ।

हरेक इलेक्टरले एक इलेक्टोरल भोटको प्रतिनिधित्व गर्छ र कुनै पनि उम्मेदवारलाई राष्ट्रपति सीट जिट्न २ सय ७० वा बढी इलेक्टोरल मतको आवश्यक हुन्छ ।

सामान्यतया राज्य आफनो सबै इलेक्टोरल कलेज भोट उसैलाई दिन्छ जसलाई राज्यमा आम मतदाताले जिताएको हो । यदि रिपब्लिकन उम्मेदवारले टेक्ससमा ५० दशमलव १ प्रतिशत मतले जित हासिल गरेको छ भने उनलाई राज्यको सबै ३८ इलेक्टोरल कलेज भोट दिने गरिन्छ ।

दुुई राज्य माइन र नेब्रास्का मात्रै त्यसता छन् जसले आफनो इलेक्टोरल कलेजलाई आफ्ना मतदाताद्वारा हरेक उम्मेदवारलाई दिएको मतका हिसाबले बाँड्ने गर्छ ।

त्यसैले राष्ट्रपति पदका उम्मेदवार विशेष गरि स्विंग स्टेटसलाई आफ्ना निसाना बनाउँछ । यी त्यसता राज्य हुन् जहा भोट कुनै पनि उम्मेदवारको पक्षमा जान सक्छ । त्यसैले उम्मेदवार देशभरी धरै भन्दा धरै मत हासिल गर्ने प्रयासमा हुँदैनन् ।
उम्मेदवारले जति जति राज्यमा जित्छ उनलाई आवश्यक २ सय७० इलेक्टोरल कलेज भोटको नजिक पुर्याउँछ ।

धेरै मत पाएर पनि राष्ट्रपति बन्न पाउँदैन :

अमेरिकी राष्ट्रपति चुनावमा देशभरीका मतदातामा सबैभन्दा धेरै लोकप्रिय भएपनि उसले २ सय ७० इलेक्टोरल मत हासिल गर्न पर्याप्त राज्यमा जित हासिल गर्न नसक्दा अन्तिम विजय हासिल गर्न उम्मेदवारले चुकेको छ । विगतका पाँच चुनाव मध्य दुईमा त्यसता उम्मेदवारले जितेका छन् जसलाई उनका प्रतिस्पर्धीको तुलनामा नागरिकको मत कम प्राप्त भएको थियो ।

सन् २०१६ मा डोनाल्ड ट्रम्पलाई हिलारी क्लिन्टनको तुलनामा करिब ३० लाख भोट कम प्राप्त भएको थियो तर उनी राष्ट्रपति बने, किनभने इलेक्टोरल कलेजमा उनलाई बहुमत प्राप्त भएको थियो ।

सन् २००० मा जर्ज डब्ल्युबुसले २ सय ७१ इलेक्टोरल भोट जितेका थिए । तर डेमोक्र्याटिक उम्मेदवार अल गोरलाई आम नागरिकले ५ लाख बढी मत दिएका थिए ।

अमेरिकी इतिहासमा अहिलेसम्म अन्य तीन त्यसता राष्ट्रपति भए जसले आम जनताको बहुमत हासिल नगरिकनै चुनाव जिते । ती सबै १९ सताब्दीमा भएका थिए । उनीहरु जोन क्विसी एडम्स, रडरफोर्ड बी हायेस र बेन्जामिन हेरिसन थिए ।

इलेक्टरले जितेकै उम्मेदवारलाई मत दिन बाध्य हुन्छ ? 

केही राज्यमा इलेक्टर्स आफुखुसी मनपर्ने जो कसैलाई मत दिन सक्छ । तर वास्तवमा यी इलेक्टर्सले करिब सधैँ ती उम्मेदवारलाई मत दिन्छ जसले उनको राज्यमा सबैभन्दा धरै मत प्राप्त गरेको हुन्छ ।

यदि कुनै इलेक्टरले उक्त राज्यले मनपराएको राष्टपति उम्मेदवार विरुद्ध मतदान गर्न भन्ने उनलाई ‘आस्थाहिन’ को संज्ञा दिइन्छ ।
यदी कुनै पनि उम्मेदवारले आवश्यक इलेक्टोरल कलेज भोट हासिल गर्न नसकेको अवस्थामा अमेरिकी संसदको तल्लो सदन, हाउस अफ रिप्रिजेन्टेटिब्सका सदस्यहरुले मतदान गरि राष्ट्रपति चयन गर्छ । यस प्रकारको घटना एक पटक मात्र भएको छ । सन् १८२४ मा ४ उम्मेदवारमा इलेक्टोरल भोट बाँडिएको थियो जसले गर्दा कसैले पनि आवश्यक बहुमत हासिल गर्न सकेको थिएन । दुई पार्टीको मात्र दबदबा रहेको अहिलेको स्थितिमा यसतो हुने सम्भावना अत्यन्त कम छ ।