आज देशभर थपिए २८२४ जना कोरोना संक्रमित


न्युज अफ नेपाल,काठमाडौं ।

आज देशभर थप २८२४ जना कोरोना संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा १३०२३ जनाको पीसीआर परीक्षण गर्दा २८२४ जनामा संक्रमण पुष्टि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३६२० जना रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ जना रहेका छन् ।