आज देशभर थप २ हजार ८२५ जनामा कोरोना संक्रमण, ३ हजार ६२० जना डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप २ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६८ पुगेको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६२० जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ। हालसम्म संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको मन्त्रालयले जनाएको छ।