न्युज अफ नेपाल, हेटौंडा ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कात्तिक ६ गते गरिएको परीक्षणमा कोरोना (कोभिड–१९) पोजेटिभ रिपोर्ट आएपछि उपचारका लागि उहाँ शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र काठमाडौमा भर्ना हुनुभएको थियो ।
कात्तिक १५ गतेको गरिएको पुनःपरीक्षणमा उहाँको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आइतबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँस“गै संक्रमित मुख्यमन्त्रीकी पत्नी विजया पौडेलको पुनः परीक्षणमा कोरोना संक्रमण रिपोर्ट पोजेटिभ नै आएको छ । दुवै ललितपुर भैंसेपाटीस्थित सरकारी निवासमा आइसोलेसनमा रहनुभएको छ ।











प्रतिक्रिया