अभियन्ताका लागि प्रोत्साहन कोष

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

नेपाल सरकारका पूर्वसचिव एवम् बाग्मती प्रदेश लोकसेवा आयोग अध्यक्ष सुरेशमान श्रेष्ठले मानवसेवा आश्रममा समर्पित अभियन्तालाई सेवाको पथमा अघि बढ्न थप प्रेरणा दिने मनसायले मानवसेवा आश्रम अभियन्ता प्रोत्साहन कोष घोषणा गर्नुभएको छ ।

पिता बुद्धिमान श्रेष्ठको ८० औं जन्मोत्सवको शुभ अवसरमा उहाँले यस्तो घोषणा गर्नुभएको हो । सर्वोत्कृष्ट जीवनःशाश्वत् चिन्तनको मातृत्वमा मानवता प्रवद्र्धनको लागि मानवसेवा आश्रमको माध्यमबाट समाजको सकारात्मक सुधारका लागि जीवन समर्पण गरेका अभियन्तालाई प्रात्साहन गर्नु सरकार र समाजका हरेक सचेत नागरिकको दायित्व भएकोले श्रेष्ठ परिवारका तर्फबाट कोषको घोषणा गरिएको उहाँले बताउनुभयो ।

श्रेष्ठ परिवारले अभियन्ता कोष स्थापनार्थ एक लाख पचास हजार रुपियाँ योगदान गरेको छ । उहाँले मानवसेवा आश्रम सामाखुशीको स्थापनाको समयदेखि नै मासिक एक हजार एक सय एघार रुपियाँ योगदान गर्दै आउनुभएको छ ।

छोरा-बुहारी नरेशमान श्रेष्ठ र निनु श्रेष्ठ, छोरीज्वाईं सरस्वती बाताजु र राजेन्द्र कुँवर, सरिता श्रेष्ठ र हरिकुमार श्रेष्ठ, नाती र नातिनी बुहारी स्पन्दन श्रेष्ठ र निर्मला प्रजापति, नातिनी स्तुति श्रेष्ठ, भाञ्जी बुहारी प्रतिभा श्रेष्ठको जुममार्फत् आयोजना गरिएको अनलाइन जन्मोत्सव कार्यक्रममा उपस्थिति थियो ।

मानवसेवा आश्रम प्रमुख संरक्षक डा। गोबिन्द टण्डन, केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीको विशेष उपस्थितिमा भएको अनलाइन जन्मोत्सव कार्यक्रमको सञ्चालन आश्रम सचिव सुमन बर्तौलाले गर्नुभएको थियो ।