चोखो मायाका लागि एघारौं पतिका खोजिमा एक महिला


न्युयोर्क सिटी, (एजेन्सी) । 

चोखो माया गर्ने जीवन साथीको खोजिमा अमेरिकाका एक महिलाले दस पटक सम्म विवाह गरेकी छन् । क्यास्सी नामक ति महिलाको आफ्नो पतिसंग लामोमा आठ वर्ष र छोटोमा छ महिना वैवाहिक सम्बन्ध टिकेको छ ।

उनले सहि पुरुषको छनौटमा जतिजनासंग पनि विवाह गरेर हेर्न सकिने रोचक विचार प्रकट गरेकीछन् । त्यसैले अब उनी १० नम्वरका पतिलाई पनि छोड्ने मनस्थिीतमा पुगिसकेकीछन् ।

पेशाले सफल उद्यमी ५६ वर्षिया क्यास्से दसौं पतिबाट पनि अपेक्षित माया पाउन नसेको गुनासो लिएर मनोपरार्श लिन डाक्टर फिल कहाँ पुगेको बताएकीछन् । फिलले उनको रहर ख्याल ठट्टा मात्र हो की भनेर जाँचन खोज्दा गम्भीर हुन पुगेकी क्यास्सेको आँखामा आँसु भरिएको बताएको छ ।