अलाद्धिनको चिराग किन्ने मूर्ख डाक्टर


नयाँदिल्ली,(एजेन्सी) ।

भारतको उत्तर प्रदेश राज्यमा एकजना डाक्टरलाई झुक्याएर ‘ अलाद्धिनको चिराग ’ बेचने दुईजना ठगलाई प्रहरीले गिरफतार गरेको छ । कहानीमा मात्र यस्तो चिरागले दिर्घायु र समृद्धि ल्याउने बयान गरिएका हुनछन् । ति धूर्त ठगले मूर्ख डाक्टरलाई सो चिरागका जिन्नको आत्मा समेत जागाइउको विशवास दिलाएको थिए ।

भारतिय संचार माध्यमले अरेवियन नाइटसका कथामा उल्लेखित सो चिरागको मूल्य ति ठगले २ लाख अमेरिकी डलर भन्दा बढि तोकेको तर पहिलो भुक्तानी ४१ हजार ५ सय डलरमा तय भएको जनाएका छन् । सोही ठगी काण्डमा संलग्न एक महिला भने अझै फरार छिन् ।
नाम नखुलाइएका ति डाक्टरले यसै साताको शुरुमा पश्चिमी उत्तर प्रदेशको मिरुत स्थित स्थानिय प्रहरी चौकीमा आफु ठगिएको विषयमा उजुरी दिएको एनडि टेलिभिजनले जनाएको छ ।

पिडित डाक्टरले आफुलाई विश्वास दिलाउन तिनीहरुले एकजना वावासंग पनि भेट गराएको बताएका छन् । तिनीहरुले अन्य धेरै व्यत्तिलाई पनि यसरी नै ठगिसकेको हुनुपर्ने अनुमान प्रहरीले गरेको छ ।