पहिलो जेम्स बोन्ड कोन्नेरी रहेनन्

0
Shares

लन्डन,(एजेन्सी) ।

लोकप्रिय स्कटिस अभिनेता सर सिन कोन्नेरीको ९० वर्षको उमेरमा निधन भएको उनको पारिवारिक सुत्रले आइतवार जनाएको छ । उनी जेम्स बोन्डलाई ठूलो पर्दामा उतार्ने पहिलो अभिनेता हुन् ।

उनले जेम्स बोनडका सनसनीखेज जासुसी चलचचित्र श्रंखलाका सात वटा चलचत्रिमा अभिनय गरेका थिए । उनका छोरोले केहि दिन देखि सामान्य बिरामी रहेका सिनको बहमास स्थित निजी निवासमा सुतिरहेकै अवस्थामा शान्तिपुर्वक निधन भएको बताएका छन् ।

अभिनय क्षेत्रमा पााचच दशक बिताएका उनले सन् १९८८ मा ‘ दि अनटचेवल्स ’ मा शानदार अभिनय गरेवापत ओस्कार जितेका थिए । उनले खेलेका ००७ बोनड चलचित्रमा ‘ डाक्टर नो ( १९६२ ) , ‘ फ्रम रसिया विथ लव ( १९६३ ) , ‘ गोलडफिंगर ( १९६५ ) , ‘ थन्डरबल ( १९६५ ) , ‘ यु वन्ली लिभ ट्वाइ ( १९६७ ) , ‘ डायमन्डु आर फोरइभर ( १९७१ ) र ‘ नेभर से नेभर अगेन ( १९८३ ) रहेका छन् ।

उनी अभिनित अन्य चलचित्रमा दि हन्ट फर दि रेड अक्टोवर , हाइल्यानडर , इन्डियाना जोनेस एन्ड दि लास्ट क्रुसेड तथा दि रक आदि रहेका छन् ।