बोक्सीको आरोपमा आफ्नै आमाको हत्या गर्ने छोरा पक्राउ

0
Shares

न्युज अफ नेपाल, जनकपुरधाम ।

सिरहाका एक व्यक्तिले बोक्सीको आरोप लगाउँदै आफ्नै आमाको हत्या गरेका छन् । कर्जन्हा नगरपालिका ३ निवासी ९० वर्षीया सुदामा देवी साहलाई उनका कान्छो छोरा रामअवतार साहले बोक्सीको आरोपमा कुटपिट गरी हत्या गरेका हुन् ।

रामअवतारकी बुहारी मनिषाको खुट्टामा घाउ भएको लामो समयसम्म पनि निको नभएपछि उनले आफ्नै आमामाथि बोक्सीको आरोप लगाएका थिए । रामअवतारले आमालाई आरोप लगाउँदै निर्घात कुटपिट गरेका थिए । सुदामामाथि कुटपिट भइरहेको खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । छनेराको कुटपिटबाट घाइते सुदामालाई प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । तर, उनको घाँटीको हड्डी नै बाँगिएका कारण उपचार सम्भव नभएपछि उनलाइृ घर फर्काइएको थियो ।

सुदामाको स्वास्थ्यमा थप समस्या देखिएपछि फेरी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आमामाथि निर्घात कुटपिट गरी हत्या गर्ने रामअवतारलाई प्रहरीले पक्राउ गरेको छ ।