युवा समुहद्वारा चर्चमा तोडफोड


भियना (एजेन्सी) ।

अष्ट्रियाको राजधानी भियना स्थित एक चर्चमा ३० देखि ५० युवकको एक समुहले ब्यापक तोडफोड गरेका छन् । चर्चका अधिकारीहरुले प्रहरीलाई बोलाएपछि ती आक्रमणकारी फरार भएको बताइएको छ ।

गुप्तचर एजेन्सीका अनुसार उक्त हमलामा टर्कीका युवा संगठन संलग्न रहेको आशंका ब्यक्त गरेको छ । उपद्रोह फैलाउन खोज्नहरुको गिरफ्तारीका लागि प्रहरी र गुप्तचर एजेन्सीका कयौं टोली सक्रिय पारेको छ ।

भियनाको फोरिटन जिला स्थित सेन्ट एन्टोन चर्चमा विहिबार उक्त हमला भएको थियो । आक्रमणकारी समुहले चर्चका फर्निचरलाई नोक्सान पुर्याउने प्रयास गरेका थिए । छानबिनका क्रममा अधिकारीहरुले घटना टर्कीका युवाहरुले गरेको हुन सक्ने र उनीहरु सामाजिक सन्जालका माध्यमबाट एक अर्कासँग सम्पर्कमा रहेको अनुमान गरेका छन् ।

युवाहरुले भौतिक क्षति पुर्याउने प्रयास गरेपछि एक पादरीले प्रहरीलाई घटनाको सुचना दिएको हो । घटनामा कुनै प्रकारको क्षति नभएको र कसैलाई चोटपटक नलागेको प्रहरीले जानकारी दिए ।