अमेरिकामा राष्ट्रपति चुनाव नजिकिँदै गर्दा हतियार बिक्री बढ्यो

0
Shares

वासिंगटन (एजेन्सी) । 

अमेरिकी राष्ट्रपति चुनाव जतिजति नजिकिँदै छ, त्यति नै हतियार विक्रीको ग्राफ पनि बढिरहेको छ । अत्यधिक संख्यामा हतियार खरिद हुन थालेपछि खुद्रा सामान विक्री गर्ने कम्पनी वालमार्टले पुरै अमेरिकामा आफ्ना रिटेल स्टोरबाट बन्दुक तथा गोलाबारुद बिक्री रोकेको छ ।
यस हतियार खरिदलाई आसन्न चुनावको नतिजासँग जोडेर हेरिएको छ । चुनावी नतिजाको दिन गतिरोध उत्पन्न हुन सक्ने वा एकतर्फी नतिजा आउनुले हिंस्रक झडप तथा आन्तरिक कलह उत्पन्न हुने आशंका रहेको ले वालमार्टले उक्त कदम चालेको हो ।

कोरोना भाइरसका कारण पुरै अमेरिकामा बन्दुकको कमी आइरहेकोमा सटडाउनका कारण यो बर्ष बन्दुकको विक्री अप्रत्यासित रुपमा बढेको हो । यो बाहेक नस्लिय विवाद र राजनितिक तनावले पनि बन्दुकको विक्री बढेको बताइएको छ । एक अनुमान अनुसार ५० लाख ग्राहकले पहिलो पटक हतियार किनेको बताएका छन् । अमेरिकामा कुल आवादी भन्दा बढी बन्दुक छन् जुन पुरै विश्वमा बन्दुक राख्ने मामिलामा सबैभन्दा धेरै हो ।

एक अनुमान अनुसार पत्येक १ सय नागरिकको भागमा १ सय २० दशमलव ५ बन्दुक पर्न आउँछ । अमेरिकी राष्ट्रपति चुनाव परिणामपछि आन्तरिक कलहको आशंका ब्यक्त गर्नेहरुमा फेसबुकका सीइओ मार्क जकरबर्ग र अन्य विशिस्ट ब्यक्तीहरु छन् । जकरबर्गले भनेका छन्, हाम्रो देश धरै नै विभाजित भइसकेकोमा मलाई चिन्ता लागेको छ र चुनाव परिणामलाई अन्तिम रुप दिनमा केही दिन र हप्ता लाग्न सक्छ । पुरै देशमा आन्तरिक कलहको खतरा उत्पन्न भएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कयौं पटक संकेत दिएका छन् कि यदि चुनाव परिणाम उनको विरुद्ध गए भने दक्षिणपन्थी मिलिसिया उनका लागि कारवाही गर्न तयार छ । यो मिलिसिलाई ट्रम्पको आफ्नै प्रशासनले नै मुख्य खतरा र हिंसा भडकाउन सक्ने प्रमुख संदिग्ध मानेको छ । एक अध्ययन अनुसार पेन्सिलभेनिया, मिसिगन, जर्जिया र विस्कोन्सिन चुनावको हिसावले सबैभन्दा धेरै महत्वपुर्ण राज्य हुन र यहीँ नै हतियारधारी मिलिसियाको सबैभन्दा धेरै खतरा रहेको छ ।

यो मिलिसिया समुहले प्रहरीले जस्तै आफ्नै समानान्तर संगठन चलाइरहेको छ । यसमा नौ समुह प्राउड ब्वाइज, प्याट्रियट प्रेयर, ओथ किपर्स, लाइट फुट मिलिसिया, सिभिलियन डिफेन्स फोर्स, अमेरिकन केन्टिजेन्सी र बोगालु बोइज सबैभन्दा धेरै सक्रिय छन् । यी मध्य कयौंं समुहले त खुलेरै डोनाल्ड ट्रम्पलाई समर्थन गरेका छन् । ट्रम्पले पनि यी समुहको प्रसंसा गरेका छन् । साथै ट्रम्प चुनावी प्रक्रियामा प्रश्न उठाइरहेका छन् र यदि परिणाम उनको विरुद्ध गएमा त्यसलाई स्विकार नगर्ने बताइरहेका छन् ।

शुक्रबार मात्रै ट्रम्पले मतदान प्रक्रियामाथि संदेह रहेको अभिब्यक्ती दिएका थिए । चुनावी विश्लेषकका अनुसार अमेरिकामा मतदातामा विचलत र मतपत्रमा अपचलनको सम्भावना अत्यन्तै दुर्लभ हो । यसले अन्तिम परिणामलाई पनि खासै फरक पादैन पनि । यसबीच हतियारधारी मिलिसिया समुहले यदी ट्रम्पलाई जिताउँदैन भने उनीहरु सडकमा आर्लने चेनावनी दिइसकेका छन् । अमेरिकाका कयौं राज्यमा मतदान केन्द्रमा बन्दुक लिएर जान दिन वा नदिने भन्ने विषयमा अदालतमा सुनवाई शुरु भइसकेको छ ।

यसबीच मिसिगनका एक न्यायधिषले त बन्दुक लिएर जान अनुमति दिइसकेका छन् । ट्रम्पले यो फैसलालाई समर्थन गरेको छ । अमेरिकामा चुनाव हुन अब तीन दिन मात्रै बाँकी छ तर ट्रम्प आफना विरोधी जोय् बाइडेन भन्दा लोकप्रिय मतका आधारमा ८ प्रतिशतले पछाडी परेका छन् । यसका बावजुद कुनै पनि चुनावी विश्लेषकले ट्रम्प पुन चुनाव नजित्ने खुलेर भनेका छैनन् ।