कोरोना संक्रमण बढेपछि इंग्ल्यान्डमा लकडाउन घोषणा

0
Shares

लन्डन (एजेन्सी) ।

युरोपमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण कयौं देशले लकडाउन घोषणा गरेको छ । यसबीच फ्रान्सपछि इंग्ल्यान्डमा पनि लकडाउनको घोषणा गरिएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको खतरालाई ध्यानमा राख्दै देशमा लकडाउन लगाउने फैसला गरेको हो । लकडाउन नोभेम्बर ५ बाट शुरु हुने छ ।

प्रधानमन्त्री जोनसनले इंग्ल्यान्डमा ४ हप्ताका लागि लकडाउन लगाइएको जानकारी दिए । यस अन्तर्गत पब, रेस्टुरेन्ट, अत्यावश्यक सामान नभएका पसल तथा अन्य सेवा सन्चालनमाथि प्रतिबन्द लगाएको छ । लकडाउन नोभेम्बर ५ देखि डिसेम्बर २ सम्म रहेन प्रधानमन्त्रीले जानकारी दिए ।

जोनसनको आधिकारिक ट्विटर अकाउन्टबाट एक भिडियो ट्विट गर्दै घरमै रहन अपिल गरिएको छ । ४ हप्ता पछि स्थितिको समिक्षा गरिने र त्यतिबेलै यसलाई बढाउन वा समाप्त पार्ने विषयमा फैसला गरिने बताइएको छ । ट्विटमा खानपानको सामान लिन, चिकित्सकिय सेवा, ब्यायाम, पढाइ वा कामकै लागि मात्र घरबाट बाहिर निस्कन अपिल गरिएको छ । यदि सम्भव भएमा वर्क फ्रम होम अवलम्बन गर्न पनि भनिएको छ । आवश्यक नभएका यात्रा रोक्न आग्रह गरिएको छ । तर स्कुल र अत्यावश्यक पसलहरु भने खुला रहने छ ।

युरोपमा कोरोना संक्रमण फेरी बढेपछि त्यसको नियन्त्रणका लागि फ्रान्सले बिहिबार ४ हप्ताका लागि लकडाउन घोषणा गरेको थियो । लकडाउनका घोषणा लगत्तै पेरिसका सडकमा ट्राफिक बढेको थियो र सयौं किलोमिटर लामो जाम हुन पुगेको थियो ।