आज देशभर थप २ हजार ५०८ जनामा कोरोना संक्रमण, १७ संक्रमितको मुत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार २६४ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ ।

यस्तै, आज थप १७ जना कोरोना संक्रमितको मुत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।