आज देशभर थप ३ हजार ५१७ जनामा कोरोना संक्रमण, १६ संक्रमितको मुत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप ३ हजार ५१७ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टायता देशभर ४ हजार ९६ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ ।

यस्तै, आज एकैदिन थप १६ जना संक्रमितको मुत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।