वैदेशिक रोजगारी ठप्प हुँदा पनि रेमिट्यान्स बढ्यो


काठमाडौं, (नेस) ।

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा विप्रेषण आप्रवाह ८ दशमलव १ प्रतिशतले वृद्धि भई १६५ अर्ब ७३ करोड रुपियाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव ६ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २ दशमलव ६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ दशमलव ६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या ९९दशमलव २ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या शून्य दशमलव २ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६ दशमलव ५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० दशमलव ३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ४ दशमलव ४ प्रतिशतले वृद्धि भई १८३ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर शून्य दशमलव ५ प्रतिशतले बढेको थियो ।