स्थानिय तहका जनप्रतिनिधीले पनि फिर्ता गर्न थाले चाडपर्व भत्ता

0
Shares

न्युज अफ नेपाल,पर्वत ।

संघीय र प्रदेश सरकार तथा सभासदहरुले चाडपर्व भत्ता फिर्ता गरेपछि पर्वतमा स्थानिय तहका जनप्रतिनिधीहरुले पनि चाडपर्व भत्ता फिर्ता गर्न थालेका छन्। जिल्ला समन्वय समितिका जनप्रतिनिधिले चाडपर्वका भत्ता कोषमा जम्मा गरेका हुन ।

जिल्ला समन्वय समिति पर्वतका जनप्रतिनिधिले कोरोना कोषमा रु २ लाख ३५ हजार रुपैया जम्मा गरेका हुन । कोरोना भाईरस (कोभिड-१९)को महामारीले विश्व आक्रान्त बनेका वेला नेपाल पनि यसको चौतर्फि चपेटामा परेको छ ।

यस्तो अवस्थामा समन्वय समितिका जनप्रतिनिधिहरुले राज्यवाट पाउने चाडपर्व सुविधाको रकम कोरोना कोषमा जम्मा गरिएको जिल्ला समन्व्य समिति पर्वतका प्रमुख मनोहर वि पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका सदस्यहरुले चाडपर्व खर्चको रुपमा पाउने २ लाख ३५ हजार रकम कोरोना कोषमा जम्मा गरिएको एक विज्ञप्ती प्रकाशित गरी जानकारी गराईएको छ ।

कोरोनाले देशको समग्र क्षेत्रमा पारेको प्रभावले राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पारेको सन्दर्भमा कोरोना संक्रमितहरुको उपचार र राहत सहयोग मिलोस भन्ने उद्धेश्यले आफुहरुले पाउने रकम पुन राज्यकै कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो ।यसले कोरोना संक्रमितको उपचारमा केहि सहज हुने विश्वास जनप्रतिनिधिहरुको रहेको छ । यस वर्ष महामारीले ग्रसित बनेको छ ।

सहज अवस्था भएमा चाडवाडहरु अर्को वर्ष मनाउँला भन्दै समन्वयका पदाधिकारीले स्वःत स्फुर्त रुपमा उक्त रकम जम्मा गरेको उपप्रमुख यामकुमारी रानाले बताउनुभयो ।अर्थतन्त्रमै समस्या भएका कारण कोरोना संक्रमितको उपचारका लागि राज्य समस्यामा परेको बेला सवै क्षेत्रवाट यस्तै सहयोगको खाँचो रहेको रानाको भनाई रहेको छ ।

समन्वय समिति पर्वतको प्रमुखमा पौडेल र उपप्रमुख राना सँगै सदस्यहरुमा कविता विक, विष्णुराम विक, नन्दलाल सुवेदी, ज्ञानबहादुर भण्डारी, ओमप्रसाद रेग्मी, विष्णुमाया पौडेल र सर्मिला नेपाली रहनुभएको छ । उहाँहरु ९ जनाले चाडवाड खर्च वापत पाउने रकम जम्मा गर्नुभएको हो ।यसअघि कुस्मा नगरपालिका वडा नं ७ का अध्यक्ष सुवासचन्द्र पौडेलले पनि कोरोना कोषमा रकम जम्मा गर्नुभएको थियो । उहाँले आफुँले पाएको २५ हजार चाडपर्व खर्च कोरोना कोषमा जम्मा गर्नुभएको थियो । पौडेल चाडपर्व खर्च कोरोना कोषमा जम्मा गर्ने स्थानिय तहको पहिलो जनप्रतिनिधी हुनुहुन्छ ।