पर्वतको जलजला गाउँपालिकामा थप १६ जनामा कोरोना पुष्टि

0
Shares

न्युज अफ नेपाल,पर्वत ।

पर्वतको जलजला गाउँपालिकामा थप १६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्तीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।यस अघि कोरोना संक्रमित पुष्टि भएकाहरु सँगको सम्पर्कमा रहेका ९९ जनाको पिसिआर लिएकोमा १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पर्वतका प्रवक्ता प्रविण भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ल र वारीबेनी बस्ने थप एक जनामा कोरोना पुष्टि भएको थियो । लाई पनि कोरोना पुष्टि भएको थियो ।कोरोना पुष्टि भएका १६ मध्य जलजला गाउँपालिकामा कार्यरत कर्मचारी २ जना, मिलन चोक प्रहरी चौकी र बेनी प्रहरी चौकीका प्रहरी १र१ जना, धाइरिङ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यर्की १ जना, जलजला वडा नम्बर १ का १ जना, २ का १,माझफाँटका ५ जना, ४ का २ जना, ८ का १ जना र ५ घर भै ६ वस्ने १ जनालाई कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएकाहरु सवै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।संक्रमित मध्ये एक जना स्वास्थ्यकर्मीमा लक्षण सहितको कोरोना देखिएको छ अन्यमा लक्षण नदेखिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । संक्रमित मध्ये तीन जना कुस्मामा आईसोलेसनमा पठाइएको छ भने केही होम आइसोलेसनमा रहेका छन ।