नुम्बुर हिमालको काखमा नेपाल टेलिकमको सेवा

0
Shares

लिला सुनुवार, ओखलढुंगा ।

नेपाल टेलिकमले सोलुखुम्बुको नुम्बुर हिमालको काखमा रहेको दुधकुण्ड नगरपालिकाको ताक्सिन्दु स्थित ३ हजार १ सय ३० मिटर उचाईमा जीएसएम प्रविधिको बीटिएस टावर स्थापना गरेको छ । दुर्गम भेगका नागरिकहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याईएको उक्त टावर यहि असौज २९ गते देखि सञ्चालन गरिएको र केहि दिन परिक्षण गरिए पछि टावर पुर्ण रुपमा सञ्चालनमा ल्याईएको नेपाल टेलिकमले जनाएको छ ।

लुक्लाहुदै नाम्चेसम्म पुग्ने पदयात्रीहरु यही रुट भएर जाने हुनाले यसबाट पर्यटकहरु समेत लाभान्वित हुने देखिन्छ । सो क्षेत्रका नुनथला, फुलेबी, सेरा, खरिखोला, जुबिङ र पैया लगाएत क्षेत्रकागरि करिब ६ सय घरधुरि लाभान्वितहुने समेत नेपाल टेलिकमले जनाएको छ ।

सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर नेपाल टेलिकमले अति विकट स्थानका रुपमा चिनियका ती क्षेत्रका सर्वसाधरण हरुलाई निशुल्क सिम समेत वितरण गर्न शुरु गरेको छ । यहि कार्तिक ५ र ६ गते दुई दिनमा करिब ५ सय थान सिम बितरण गर्ने लक्ष्य नेपाल टेलिकमले राखेको नेपाल टेलिकम ओखलढुंगाका प्रमुख दिनेश चन्द्र पन्थीले बताए ।

निशुल्क बितरण गरिएको सिममा १० रुपैया मुल ब्यालेन्स रहेको र ६० एमबि नेट डाटा, ४० मिनेट भोईस डाटा र २० मिनेट एसएमएस डाटा प्याकेज सुबिधा रहेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमले सेवाबिस्तार गरेको यो क्षेत्रमा नेपाल टेलिकमकै स्काई सेवा मात्रै सञ्चालनमा रहेको थियो ।