बझाङमा लिफ्टिङ प्रविधिबाट खानेपानी बनाइँदै

0
Shares

ललित सिंह,चैनपुर,बझाङ ।

सदरमुकाम चैनपुरमा खानेपानी आपुर्तीका लागी मुहानको अभाव र भएको पानी पनि उचित व्यवस्थापन नहुदाँ लामो समय देखी खानेपानीको समस्या भइ रहेको बझाङ सदरमुकाम चैनपुरमा अव सेती नदीको पानी तानेर खानेपानीको लागि उपयोग गरिने भएको छ ।

एसियाली विकास बैङकको आर्थिक सहयोगमा नेपाल सरकार वाट साना शहरी खानेपानी योजना अन्तरगत सदरमुकाम चैनपुरमा खानेपानी योजना र्निमाण गरिन थालेको हो । यो आयोजनाका लागि २०७६ सालमा ठेक्का भएर आशिस सीएबी जेवि र्निमाण सेवाले काम गराइ रहेको छ ।

२१ करोड ७३ लाखको लागतमा र्निमाण हुन लागेको चैनपुर शहरी खानेपानी योजनाको चैनपुर सिमभाडीमा ७ लाख क्षमताका चार वटा पानी रिजर्व गर्ने ट्याङ्की सहित नदीको पानी फिल्टर गर्ने अन्य प्रविधिसहितका पुर्वाधारहरु र्निमाण हुदैछन् । जिल्लामा नदीको पानी लिप्टिङ गरेर खानेपानीमा उपयोग गरेको यो पहिलो योजना हो ।

सदरमुकाम चैनपुर वजार क्षेत्र सहित आसपासका बस्तीहरु भोपुर दम्दुर देवलमा खानेपानीको वितरण गरिने यो योजना वाट हाल ११ सय ६५ धारा र्निमाण हुने छन् भने पछि धारा थपेर २ हजार परिवार सम्मको लागी खानेपानी वितरण गर्न सकिने भएको आयोजनाका ईन्जिनियर विनित जोशीले वताउनु भयो ।

उनले भने यो योजना २० वर्ष सम्मको जनसंख्यालाइ मध्यनजर गरि र्निमाण गरिएको छ । योजनाको ७० र उपभोक्ताको ३० प्रतिशत लागतमा र्निमाण भइ रहेको यो योजना वाट विपन्न असाहे ३ हजार ७ सय ५० परिवारलाइ धारा र चर्पीमा अनुदान समेत दिएको वताएको छ ।

योजनाको हाल ट्याङकी र्निमाण सहित अन्य संरचना हरु सवै र्निमाण हुनथालेका छन् । सेती नदीमा पानी संकलन ट्याङ्की देखी समुदाय स्तरमा पाइपलाइन विस्तार भएका छन् । मिटर प्रविधि वाट पानीको वितरण हुने यस योजनाको अहिले ५१ प्रतिशत काम सकिएको कर्मचारीहरुले जानकारी दिएका छन् ।

एक धाराजडानका लागि २० हजार दिनु परेको उपभोक्ताहरुले अहिले छुटेका परिवारले धारा जडान गरेमा १६ हजारमा पनि गर्ने सकिने चैनपुर खानेपानी समितिले जनाएको छ । सदरमुकाम क्षेत्रका लागी अहिले चैनपुर खानेपानी उपभोक्ता समितिले खानेपानीको वितरण गरि रहेको छ । शहरी खानेपानी योजनाको काम सम्पन्न भएपछि सदरमुकाम वासीहरु खानेपानीको समस्यावाट मुक्तपाउने उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले वताए । यो योजना आउदो चैत्र भित्र सकिने पनि भएको छ ।