तीन बर्षदेखि बन्द रहेको नेपाल टेलिकमको रुम्जाटार ग्राहक सेवा केन्द्र पुनः सुचारु

0
Shares

लिला सुनुवार, ओखलढुंगा ।

बिभिन्न प्राबिधिक कारणले बिगत तिन बर्ष देखि बन्द रहेको नेपाल टेलिकमको रुम्जाटार ग्राहाक सेवा केन्द्ध पुनः सुचारु गरिएको छ । नेपाल टेलिकमले रुम्जाटार सेवा केन्द्धको प्राविधिक कर्मचारीको दरबन्दी कटौती गरे पछि उत्त सेवाकेन्द्ध २०७५ साल श्रावन महिना देखि बन्द रहेको थियो । बिगत लामो समय देखि बन्द रहेको उत्त ग्राहाक सेवा केन्द्ध यहि कार्तिक ४ गते देखि सुचारु गरिएको छ ।

हाल ग्राहाक सेवाकेन्द्धमा प्राविधिकको दरदन्दि नरहेको भए पनि सेवा केन्द्ध सञ्चालनकालागी नेपाल टेलिकमको कार्यलय ओखलढुंगामा रहेका प्राविधिक कर्मचारी खटाईएको नेपाल टेलिकम ओखलढुंगाका प्रमुख दिनेश चन्द्ध पन्थिले बताए ।

हप्ताको दुई दिन सोमबार र शुक्रबार सञ्चालन हुने उत्त सेवाकेन्द्धबाट ल्यान्डलाईन फोन र एडिएसएल नेटको बिल भुक्तानि, नयाँ सिम प्रदान र सिम परिवर्तनको सेवा ग्राहाकहरुलाई प्रदान गरिने नेपाल टेलिकमको कार्यलय ओखलढुंगाले जनाएको छ । बन्द रहेको सेवा केन्द्ध पुनः सुचारु भए पछि रुम्जाटारमा रहेका सरकारी तथा गैरसरकारी कार्यलय, रुम्जाटार, शानिटार र माम्खा आसपासका स्थानियहरुलाई सहज हुने छ ।