कोरोना नियन्त्रणको लागि शिक्षकबाट संकलन गरेको रकम विपद ब्यवस्थापन

0
Shares

सञ्जय कार्की,रौतहट ।

कर्मचारी लाई कोरोना जोखिम भता बितरण गरेको चन्द्रपुर नगरपालिकाले भने कोरोना नियन्त्रणको लागि शिक्षक बाट संकलन गरेको २१ लाख भन्दा बढि रकम लुकाएको पाइएको छ । तर संकलित रकम कहा खर्च गरिएको हो त्यो भने सार्बजनिक गरिएको छैन । गत चैत्र ११ गते देखि सरकारले कोरोना भाइरस फैलन नदिन देशभर लकडाउन गरेपछि चन्द्रपुर नगरपालिकामा कार्यरत अधिकास कर्मचारी घर बसेपनि उनीहरुले कोरोना नियन्त्रणमा खटिएको भन्दै जोखिम भता बुझेका छन ।

तर नगरक्षेत्रका शिक्षक बाट संकलन गरेको २१ लाख रुपैया कोभिड रोकथाम तथा उपचार कोषमा जम्मा नगरकिनै आफनै बिपद ब्यबस्थापन कोषमा जम्मा गरेर लुकाएको खुल्न आएको छ । चन्द्रपुर नगरक्षेत्रका शिक्षकहरुले कोरोना नियन्त्रणको लागि काटिएको रकम खोजबिन गर्न थालेपछि रकम लुकाएको खुल्न आएको हो । कोरोना नियन्त्रणको लागि संकलन गरेको रकम नेपाल सरकारको कोभिड रोकथाम तथा उपचार कोषमा जम्मा गर्नुपर्ने हो तर त्यस बिपरित बिपद ब्यबस्थापन कोषमा शिक्षक बाट संकलन गरेको रकम जम्मा गर्नुले पनि दुरुपयोग गर्न खोजेको शिक्षकहरुको भनाई रहेको छ ।

चन्द्रपुर नगरपालिकाले नगरक्षेत्रका १२ माध्यमिक तह, ११ निम्न माध्यमिक तह र २३ प्राथमिक बिद्यालय तहका गरी ३ सय १५ शिक्षकको तलबबाट उक्त रकम उठाइएको थियो । नगरपालिकाले मावि, निमाबी र प्राबी तहका शिक्षकको क्रमश ७ दिन, ५ दिन र तीन दिनको तलब कट्टा गरेको थियो । प्रत्येक शिक्षक बाट संकलन गरी लिएको रकम चन्द्रपुर नगरपालिकाले भने नगरपालिकाको कार्यालयमा कार्यरत अनुपश्थित कर्मचारी लाई समेत कोरोना जोखिम भता खुवाउने र त्यही नगरक्षेत्र भित्रका शिक्षकको भने तलब कट्टा गर्नु न्यायोचित नभएको एक शिक्षकले बताए ।

कोरोना भाईरस संक्रमणको सुरुआती चरणमै सरकारले निजामती कर्मचारीको पदअनुसार तलब बाट रकम जम्मा गर्न आब्हान गरेपनि शिक्षकहरूको तलब कट्टा गर्ने आब्हान नभर्एको बताइएको छ । जनज्योति माध्यमिक बिद्यालय चन्द्रनिगाहपुरका सहप्रधानाध्यापक देवनारायण हुमागाईंले शिक्षकको तलब एकत काटन नमिल्ने अर्को तर्फ काटिएपनि त्यसको हिसाब सार्बजनिक गर्नु पर्ने हो त्यो नगरिनु दुखद रहेको बताउनु भयो ।

‘रकम कट्टा गरेको ७ महिना बितिसक्दा समेत रकम खर्च नगरी कोषमा राख्नु दुखद रहेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि शिक्षकहरूबाट उठाइएको रकमको बारेमा जानकारी लिने बताउनु भयो । उहाले भन्नु भयो जुन प्रयोजनको लागि रकम संकलन गरिन्छ त्यो ‘सरकारले तोकेको उपचार कोषमा जम्मा नगरी आफूखुसी अन्यत्र जम्मा गर्न नपाइने बताउनु भयो । चन्द्रपुर नगरपालिका उपसचिव कृष्ण प्रसाद सिग्देलले शिक्षकबाट उठाइएको रकम विपत् व्यवस्थापनको खातामा जम्मा भएको बताउनु भयो ।