मेगा बैंकको डिजिटल दक्षिणा, तीन सय रुपियाँ क्यासब्याक हुने


काठमाडौं, (नेस) ।

मेगा बैंक नेपालले दशैंमा दक्षिणा दिनका लागि ‘तीनमा तीन सय’ नामक अफर ल्याएको छ । कोरोनाको असहज परिस्थितिमा नोटबिहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले ल्याएको ‘डिजिटल दक्षिणा’ अफरमा दक्षिणा दिनेले पनि तीन सय रुपियाँ पाउनेछन् । त्यसका लागि मेगा बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणा स्वरुप रकम पठाउनुपर्नेछ । दक्षिणा बापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपियाँ ‘क्यासब्याक’ हुनेछ । तर, रकम पठाउँदा विवरण (रिमार्कस्) मा ‘दक्षिणा’ भनी खुलाउनुपर्ने बैंकले जनाएको छ ।

दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म रहने यो अफरमा ग्राहकले तीन वटा खातामा गरी न्यूनतम ५ सय रुपियाँ दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने मेगा बैंकले जनाएको छ ।