कोरोना भाइरसविरुद्ध भेन्टिलेसन सुधार कार्यक्रम

0
Shares

वर्लिन,(एजेन्सी)

जर्मन सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने उद्देश्यले सार्वजनिक भवनहरुमा भेन्टिलेसन प्रणालीमा व्यापक सुधार गर्ने ४८ मकरोड ८० लाख अमेरिकी डलर लगानी गर्ने भएको छ । सरकारी कार्यालय , संग्रहालय , थियटर , विश्वविद्यालय तथा विद्यालय भवनहरुमा खुल्ला हावा आवत जावतका लागि सो पैसा खर्च गरिने बताइएको छ ।

अहिले समम निजी षेत्रका भवनहरुका लागि भने सरकारले यस सम्बन्धमा लगानी गर्नेबारे सोचेको छैन । कोभिड १९ संक्रमित व्यक्तिले हाच्छयुँ गर्दा वा खोक्दा निस्कने जलिय कणहरुको संसर्गमा परेपछि स्वस्थ व्यक्तिमा कोरोना भाइरस प्रवेश हुने गर्दछ ।हाल सम्मको बैज्ञानिक अनुसनधानबाट त्यस्त जलिय कण कुनै कोठा भित्र कम्तिमा आठ मिनेट सम्म रहन सक्छन् । पूर्णत नयाँ भेन्टिलेसन प्रणाली जडान गर्दा धेरै खर्च हुने भएकाले अहिले यथावतै रहेको प्रणलीलाई मात्र ममर्त र सुधार गरिने सरकारले जनाएको छ ।

प्रत्येक भवनका लागि अधिकतम मर्मत खर्च १ लाख युरो तोकिएको छ । यस परियोजना अनुसार कार्वन डाइअक्साइड सेन्सर्सका लागि पनि पैसा खर्च गरिने छ । त्यस्ता सेन्सर्सले कोठाका ेवायु अस्वस्थकर भएके संकेत दिने गर्दछ । मंगलवार देखि नै यो वजेट कार्यान्वयन गरिन लागेको छ । सरकारले सेन्ट्रल एयर कन्डिसनिंग सिस्टम नभएक बिद्यालयहरुमा कमसेकम मोवाई एयर प्युरिफायर प्रयोग गर्न निर्देशन दिइसकेको छ ।

बाभारिन प्रशारण केन्द« बिआर २४ का अनुसार मोवाइल भेन्टिलेटरले केहि मिनेट भित्र ैकोठाको हावा पूर्णत सफा गर्नसक्छ र यसका लागि प्रत्येक पटक २ हजार युरो खर्च लाग्नेछ । तर जर्मन विशेषज्ञहरुले युभि – लाइट , आयोनाइजेसन वा ओजनमा भरपर्ने यस्ता उपकरण कोरोना भाइरस भगाउन प्रभाबकारी नहुने तथा कहिलेकाहिं बरु यसले वायुको गुणस्तरै खराव बनाउन सक्ने चिन्ता पनि व्यक्त गरेका छन् ।