पाल्पामा कोरोना संक्रमितको संख्या हजार नाघ्यो

0
Shares

न्युज अफ नेपाल,पाल्पा ।

पाल्पा जिल्लामा कोरोना संक्रमतिको संख्या दिनदिनै वढदै गएर १ हजार नाघेको छ । सोमबार मात्रै जिल्लामा ३० जना संक्रमित थपिएसंगै पाल्पामा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार २१ पुगेको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ ।

कार्यालयका अनुसार सोमबार तानसेन नगरपालिकामा १५जना पूर्वखोला गाउँपालिकामा ६, निस्दीमा ३, रिब्दीकोटमा ३, बगनासकालीमा १ र रामपुर नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

सोमबार थपिएका संक्रमितमध्ये २१ जना पुरुष र ९ जना महिला छन् । पाल्पामा कोरोना संक्रमितमध्ये ७ सय ७० जना निको भएका छन् । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ४५ रहेको छ ।