काभ्रेका १३ वटा स्थानीय सरकारले एक वर्षमा के के गरे ?

पूजिगत बजेट खर्च गर्नै धौ धौ

0
Shares

मोतीराम तिमल्सिना,धुलिखेल ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न गरेको छ । कोभिड १९ को महामारीमा सुरक्षाका उपाय अपनाउँदै जिल्लामा रहेका कार्यालय तथा स्थानीय सरकारहरुले आर्थिक वर्ष २०७६/२०७७ मा गरेका गतिविधिहरुको समिक्षा गरेको हो । स्थानीय सरकारहरुले गरेको वित्तिय, भौतिक प्रगतिको समिक्षा गर्दै आगामी दिनमा प्रगति दर बढाउन खेल्नु पर्ने समन्वयकारी भूमिकाका बारेमा छलफल भएको थियो ।

समिक्षाका क्रममा धुलिखेल नगरपालिकाले वित्तिय र भौतिक प्रगतिको दर उच्च बनाएको प्रतिवेदन प्रस्तुत गरेको थियो । धुलिखेलमा वित्तिय प्रगति ९९.२६ र भौतिक प्रगति ९५ प्रतिशत रहेको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।

‘कोरोनाको माहामारी सँगै लकडाउनको शुरुवातीका दिनमा केहि समय विकासमा अलमल भए पनि पछि निरन्तर निर्माणका कार्य सम्पन्न ग¥यौं’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘लगातार सुरक्षाका उपायहरु अपनाउँदै निर्माणका कामलाई अगाडी बढाएकाले हामी लक्ष्यमा पुग्न सफल भयौं ।’ पहिलो वर्ष ९१ प्रतिशत, दोश्रो वर्ष ९३ प्रतिशत र तेश्रो वर्ष पूर्वाधारमा ९५ प्रतिशत कार्य सम्पन्न गरिएको उहाँले बताउनु भयो । जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले जिल्लामा भएका समग्र गतिविधिहरुको समिक्षा गरिएको बताउनु भयो ।

धुलिखेल नगरपालिकाका मुख्य उपलब्धी

गरिवी न्यूनीकरणको लागि ‘मेयर गरिवी निवारण कोष’को स्थापना र उक्त कार्यक्रमलाई सहजिकरण गर्न तथा लक्षित वर्गहरुको नीति तथा कार्यक्रम स्वीकृत गर्न महिला परिषद, आदिवासी जनजाति परिषद, युवा परिषद, अपाङ्ग वर्ग परिषद र दलित वर्ग परिषद गरी ५ वटा परिषदहरुको गठन गरी बजेट विनियोजन गरि कार्य भईरहेको तथा अन्य थप योजना, उद्योग,पर्यटन,सहकारी,कृषि तथा पशु विकास, कला, खेलकुद आदि परिषद गठनका लागि नगर सभावाट निर्णय भई कार्यान्वयन भईरहेको, नगरपालिकाको एकिृत शहरी विकास योजना निर्माण, १०० जना क्षमताको क्वारेन्टाइन र ५० जना क्षमताको आईसोलेसन वार्ड निर्माण, नगरपालिका क्षेत्र भित्र संचालित ब्यवसायहरुलाई दामासाहिले लकडाउन अवधिको कर छुट, नेपालमै पहिलो पटक वडा नं १ देविटारमा ३० घर धुरी तथा वडा नम्वर ११ मा २० घरधुरी लाई १ घर १ धारा कार्यक्रम अन्तर्गत सुरक्षित खानेपानी युक्त समुदाय घोषणा, एक घर एक धारा निर्माण योजना अन्तर्गत १ हजार ८ सय ५० घर धुरीमा एक घर एक धारा निर्माण सम्पन्न, औधोगिक ग्राम निर्माण कार्य सुरु, सबै वडा जोड्ने सडक निर्माण कार्य, नगरपालिकाले खानेपानी सम्मेलन सम्पन्न, बेरुजु फस्र्याैटमा जिल्लामा प्रथम, वडा नम्वर ६ स्थित सपिङ कम्प्लेक्सको निर्माण कार्य सम्पन्न गर्न नगर विकास कोषको साझेदारीमा गर्ने गरि सम्झौता, अति बिपन्न दलित बालबालिकालाई उच्च शिक्षाको लागि छात्रवृद्धि प्रदान,मानसिक समस्या भएका युवाहरुलाई सुधार गृहमा सेवा लिन प्रति व्यक्ति १ हजार सहयोग, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, कर्मचारी, शिक्षक कोरोना बिमा, खुल्ला दिसा मुक्त नगर घोषण सम्पन्न, प्रधानमन्त्रीद्वारा नगरका ५ वटा वडा लाई बालमैत्री वडा घोषणा जम्मा ६ वडा बालमैत्री घोषित, साक्षर नगर घोषणा, धुलिखेल नगरपालिकाबाट संचालित ब्यवस्थित शहरी योजना, काभ्रे एकिकृत खानेपानी, जिप लाईन (निजि क्षेत्र), देवीस्थान पार्क सरस्वती पार्क निर्माण, धुलिखेल मेडीसिटि ८ अर्ब २४ करोड लगानी सम्मेलनबाट स्वीकृत, ड्रिम ल्याण्ड योजना लागत ४ अर्ब ७९ करोड लगानी सम्मेलनबाट स्वीकृत, नगरपालिकाको फोहोरमैला ब्यबस्थापनको लागि १६ करोडको लागतमा निजि क्षेत्रको लगानी सहित प्रक्रिया सुरु भई लगानी कर्ताको प्रारम्भिक छनोट भई स्वीकृत परियोजना प्रस्ताब तया, २७ वटा पार्क निर्माण, जिल्ला समन्वय समिति तथा नगरपालिकाको लागत साझेदारीमा ७ सय जना क्षमताको सभाहल निर्माणको लागि कार्य भईरहेको, धुलिखेल नगरपालिकाका १२ वटै वडाका वडासचिवहरुलाई तालिम दिई नगरपालिकालाई देशकै नमूना सिकाई केन्द्रको रुपमा विकास गर्न दुई चरणको तालिम सम्पन्न गरिएको र यसलाई अझ घनीभूत बनाउन वडागत घुम्ती अनुशिक्षण कार्यक्रम सञ्चालन भईरहेको छ ।

उक्त सेवा इकाई मार्फत नगरपालिकाको १२ वटै वडामा अनलाईन शुरु हुनुभन्दा अगाडीका लगभग ३० हजार डाटा डिजिटाईजेशन अन्तर्गत ईन्ट्रीको काम सम्पन्न भएको केही विभागको प्राविधिक समस्याले हाल रुजुको कार्य रोकिएको अवस्था छ ।

बनेपा नगरपालिका मुख्य उपलब्धीहरु

बनेपा नगरपालिकाले आर्थि वर्ष २०७६/२०७७ मा विभिन्न कृयाकलाप संचालन गरेको छ । १२ प्रतिशतको हाराहारीमा जन सहभागिता परिचालन, एकीकृत खानेपानी अन्तिम चरणमा पु¥याईएको, बनेपा वजारको प्रमुख सडक स्तरोन्नती कार्य शुरु ह‘ँुदै, कोभिडको माहामारीको अवस्थामा समेत विकासको कार्यलाई लक्ष्य अनुसार अगाडी बढाईएको, सिसिटिभि तथा इन्टरनेट सहितको ५०/५० बेडको क्वारिन्टाईन र आईशोलेशन निर्माण तथा सञ्चालन, बिदेशबाट फर्केकाहरुको लगत संकलन, अनुगमन र आरडिटी परिक्षण, एम्बुलेन्सको पार्टेसन र जिपिएस जडान गर्ने काम भएको छ । कोभिड १९ र क्वारेन्टाईन सम्वन्धी स्वास्थ्यकर्मीहरुलाई तालिम तथा पिआरटी, आरआरटी र सिआईसिटी टिम गठन गरेको छ ।

मण्डनदेउपुर मुख्य उपलब्धी

खुल्ला दिशामुक्त नगरपालिका घोषणा, पुर्ण साक्षर नगरपालिका घोषणा, ४८ वटा ऐन तथा नियमावली निर्माण, वडावडामा शिबिर सञ्चालन गरी अपांगता परिचय पत्र वितरण, नगरस्तरीय सडकहरु मापदण्डका आधारमा सिमांकन, प्रत्येक बर्ष वडावडामा जनतासंग जनप्रतिनिधि कार्यक्रम संचालन, वडागत सार्वजनिक सुनुवाई गरि नगरस्तरीय सार्वजनिक सुनुवाई, बर्षातको समयमा कच्ची सडकमा ट्रिपर ट्रयाक्टर संचालनमा रोक, नगरपालिका,वडा कार्यालय,स्वास्थ्य चौकी र विद्यालयहरुमा ई हाजिरी, नगरपालिका प्रशासनीक भवन निर्माण बोलपत्र छनौट अन्तिम चरणमा, नगरस्तरीय खेलग्राम निर्माणको मैदान निर्माण गरेको छ ।

नमोबुद्ध नगरपालिकाका उपलब्धी

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोबिड–१९) रोकथाम तथा नियन्त्रणको लागि विभिन्न स्वास्थ्य सम्बन्धित जनचेतना मुलक तथा विविध अन्य कार्यक्रमहरु संचालन गरिएको छ । सोको लागि आवश्यक स्वास्थ्य सामग्री, क्वारेन्टाइन र आईसोलेसनको उचित व्यवस्थापन गरिएको छ । हाल सम्म १ सय ३० जना (८ जना महिला, १ सय २२ जना पुरुष) नगरको क्वारेन्टाइनमा बसेका छन् ।

कुल १७ जना (६ महिला, ११ पुरुष) कोभिड(१९ संक्रमित मध्ये ७ जना (१ महिला, ६ जना पुरुष) नगरको आईसोलेसनमा राखी उपचार गरिएको छ ।
सडक पूर्वाधार अन्तर्गत १ हजार १ सय मिटर पक्की ड्रेन, ४ वटा कल्वर्ट, ५५०० मि. ग्रावेल गरिएको, एक वडा एक वडा पोखरी, एक वडा एक चौतारी निर्माण कार्यक्रम संचालन गरिएको, नगर युवा परिषद् गठन गरी युवा लक्षित सिप विकास कार्यक्रम संचालन गरिएको, ईटा भट्टा विस्थापित क्षेत्रमा विभिन्न संघसंस्था लगायतको सहकार्यमा विविध कार्यक्रम संचालन, गरिएको र किसानहरुलाई नि शुल्क आलुको विउ वितरण, २ वटा डिप बोरिङ लगायत कार्य सुरु भएको, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जम्मा ४०३ ( जस मध्ये २१२ महिला, १९१ पुरुष) जना व्यक्तिहरु बेरोजगारको सुचिमा सुचिकृत भएको र सोहि कार्यक्रमबाट ३९ सुचिकृत बेरोजगारहरुलाई ४ वटा आयोजना मार्फत रोजगारी उपलब्ध गराईएको, नमोबुद्ध नगरपालिकाको सिमाना स्थित वडा नम्बर १ मा पर्यटन पूर्वाधार कार्यक्रमबाट कलात्मक शैलीमा प्रवेशद्वार निर्माण गरिएको, वडा नम्बर ४ स्थित जिल्लाको एक मात्र सरकारी अस्पताल मेथिनकोट अस्पताललाई सुविधा सम्पन्न गरिदै प्रादेशिक अस्पतालमा रुपान्तरण गरिएको, विद्यार्थी सिकाईलाई निरन्तरता दिन रेडियो कक्षा संचालन गरिएको, गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम समयमा नै सम्पन गरिएको, मेथिनकोट अस्पतालमा निशुल्क रेबिज विरुद्धको भ्याक्सीन खोप उपलब्ध गराइएको, खेलकुद प्रवद्र्धधन गर्ने उदेश्य अनुरुप मेयर कप फुटबल सम्पन्न, नगरपालिकाको प्रशासनिक भवनको बाँकी कामको ठेक्का सम्झौता सम्पन्न भई निर्माणाधीन अवस्थामा रहेको, वडा नम्बर ०३, ०६, ११ को वडा कार्यालय निर्माणको लागि बोलपत्र आह्वान भई निर्माणाधीन अवस्थामा रहेको, वडा नम्बर ०२, ०७, ०८, ०९, १० वडा कार्यालय निर्माणको लागि बोलपत्र आह्वानको अन्तिम तयारीमा रहेको, सम्पूर्ण वडामा आधारभूत स्वास्थ्य चौकी स्थापना गरिएको र वडा नम्बर ०२, ०३, ०६, ११ मा आधारभूत स्वास्थ्य चौकीको भवन निर्माणाधीन अवस्थामा रहेको, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि डिपिआर तयार भई आईई गर्ने कार्यको सुरुवात गरिएको, नगरपालिकाका विभिन्न क्षेत्रमा १६ वटा सडक सौर्य बत्तीको जडान गरिएको, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सेवा इकाई स्थापना भई सामाजिक सुरक्षा भत्ता निरन्तर बैंकिङ सेवाबाट वितरण गरिएको, जनप्रतिनिधि पदवहाली हँदा हस्ताक्षर गरिएका ३ वटा प्रतिवद्धताहरु मध्ये नगरपालिकालाई वातावरणमैत्री वनाउने र सोहि प्रतिवद्धता पुरा गर्ने उदेश्य अनुरुप नगरक्षेत्र भित्र विगतमा सञ्चालित मापदण्ड विपरीत तथा अव्यवस्थीत प्रदुषण जन्य उद्योगहरु उद्योगिहरुबाटै पेश भएको प्रतिवद्धता र सोहि अनुसारको सम्झौता बमोजिम उद्योग विस्थापन गरी सो क्षेत्रमा प्रधानमन्त्री आधुनिकीकरण कृषि कार्यक्रम लगायतका कार्यक्रम संचालन गरिएको, नमोबुद्ध नगरपालिकाको आफ्नै नगर गान, नगर झण्डा र नगर लोगो तयार गरि प्रयोगमा ल्याएको, नमोबुद्ध नगरपालिका भित्रको भकुण्डे(आरुबारी चौर(दाप्चा सडक र भकुण्डे(दलसिंगे सडकको कालोपत्र कार्यको सुरुवात गरिएको, सुत्केरी महिला प्रोत्साहन कार्यालय संचालन गरिएको, युवा नवप्रवर्तन केन्द्र स्थापनाको प्रकृया सुरु गरिएको, कोरोना भाईरस (कोबिड(१९)बाट प्रभावित विपन्न परिवारलाई संघसंस्थाहरुको सहयोगमा विभिन्न चरणमा राहत वितरण गरिएको, कृषि उपज संकलन केन्द्रको स्थापना गरिएको, विउको एक वडा एक बोयर बोका वितरण गरेको छ ।

पनौती नगरपालिकाका मुख्य उपलब्धिहरु

२०७७ जेष्ठ १४ को अविरल वर्षाका कारण पूर्वाधारको क्षेत्रमा भएको क्षतिको तत्काल मर्मतका सत्यापन समिति गठन गरि स्थलगत निरीक्षण पश्चात जम्मा ४४ वटा योजनाहरुका लागि नगर कार्यपालिकाको २०७७ जेठ २९ गतेको बैठकबाट ७६ लाख ६० हजार बजेट विनियोजन गरि कार्य भएको, पनौतीलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नको लागि आवश्यक कार्यहरु गर्न रु. १ करोड बजेट विनियोजन भएको, काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजना संचालन गर्दा पाइप लाइन लगायतको मर्मत कार्य गर्नको लागि रु. ७५ लाख बजेट विनियोजन भएको, आ. ब. २०७६/०७७ को लागि १४८ वटा योजना स्वीकृत, कुल योजनामा १३१ वटा (८९ प्रतिशत) योजना संझौता भई ७२ वटा (५५ प्रतिशत) योजना सम्पन्न भएको, २० पटक पेश्कि बेरुजु तथा योजना फरफारक समितिको बैठकबाट गत आ.ब.को समेत गरि ८८ वटा योजना फरफारकको लागि कार्यपालिका बैठकमा सिफारिश, चालु आ.ब. मा ०७६÷०७७ को २५ वटा योजना सम्पन्न भएकोमा २२ वटा योजना फरफारक भएको छ ।

पाँचखाल नगरपालिका मुख्य उपलब्धी

बजेट बुकमा जम्मा ३०१ वटा योजना भएकोमा ३०१ बटै सम्पन्न भएका छन् । ३ सय वटाको भुक्तानी भई एउटा भुक्तानी हुन बाँकी छ । ४० वटा नगरस्तरीय आकस्मिक योजना थप भई सम्पन्न भएको छ । २६ वटा योजना आकस्मिक कोष, विषद् व्यवस्थापन कोष एवं अन्य विविध शिर्षकबाट सम्पन्न, कुल ३ सय ६७ योजना तथा कार्यक्रम सम्पन्न भएको छ । सबै वडा कार्यालयहरुको सुदृढीकरण गरिएको छ ।

आफ्नै भवन, स्थायी कर्मचारीलाई सचिवको जिम्मेवारी, निर्माण प्राविधिक, टेलिफोन ईन्टरनेट, राजश्व, पञ्जिकरण, सामाजिक सुरक्षा अनलाईन एवं सफ्टवेयर प्रणाली, सवै वडामा स्वास्थ्य संस्था पुगेको, कोभिड १९ का बावजुद विद्यालय सञ्चालन भएको, १५ बेडको क्वारेन्टाईन एवं आईसोलेसन सञ्चालनमा रहेको, सबै विद्यालयमा विद्युतीय हाजिरी राखिएको, भू– सेवा केन्द्र सञ्चालनमा आएको छ । सशस्त्र प्रहरी गण १५ नं बाहिनी पाँचखालसँग दमकल व्यवस्थापनमा साझेदारी, ईटा उद्योगीसँग ईटा भट्टालाई वातावरण मैत्री रुपमा सञ्चालन गर्ने सहमति, अरनिको राजमार्ग एवं फिडर मार्गमा करिव १० स्थानमा सार्वजनिक सौचालय निर्माण गरिएको छ ।

मकै वालीमा लागेको अमेरिकन फौजी किरा न्यूनिकरण तथा निर्मूलका लागि किसानहरुलाई १ घर १ बोत्तल औषधी निःशुल्क वितरण गरिएको छ । अपराध न्यूनिकरणमा सहायक सिद्ध होस भन्ने अभिप्रायले कटुञ्जे वजार तथा मुख्य बजार लगायत सडकमा सि. सि. क्यामेरा जडान गरिएको, सवै वडा कार्यालय र सवै सामुदायिक माध्यमिक विद्यालयहरुमा विद्युतीय हाजिरी जडान र प्रयोग गरिएको, विशेष साक्षरता अभियान सहित रोशी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको, प्राथमिक तहको दरबन्दी मिलान कार्य सम्पन्न गरिएको, शुन्य दरबन्दी भएको प्रावि आवि र माविलाई शिक्षण अनुदानको व्यवस्था गरिएको, रोशी गाउँपालिकाको भवन निर्माण गर्ने कार्य आगामी आर्थिक वर्षमा नै प्रारम्भ गर्ने गरी तयारी गरिएको छ ।

गाउँपालिका सवै वडाहरु र थप तीन वटा स्वास्थ्य चौकी तथा इकाइ निर्माण एवम् स्थापना कार्य सम्पन्न गरी आफ्नै स्वामित्वमा रहेको आरसिसि भवनमा आगामी आर्थिक बर्षको मध्यावधिभित्र नै कार्यालय सार्ने गरी प्रबन्ध गरिनेछ । “रोशीको दृष्टी पर्यटन र कृषि“ भन्ने मूल नारालाई सापेक्ष तुल्याउन कृषि उत्पादन वृद्धिको लागि विभिन्न कार्यक्रम तथा पर्यटकीय क्षेत्रको रुपमा रहेका विभिन्न धरोहरहरुको संरक्षण गर्ने नीति लिइनेछ । व्यावसायिक शिक्षा अन्तर्गत कृषि विषय पठनपाठन हुने विद्यालयसँग साझेदारी र समन्वय गरी कृषि उत्पादन र कृषकहरुको क्षमता विकासमा सहयोग पुर्याइनेछ । कृषक र उद्यमीहरुका लागि प्रत्येक वडामा लगानीका लागि ब्याज अनुदानको व्यवस्था मार्फत उद्यमशीलता वृद्धिमा जोड दिइनेछ ।

बेथान्चोक गाउँपालिकाका उपलब्धीहरु

व्यवसाय दर्ता सम्वन्धी घुम्ती शिविर सञ्चालन, सामुदायिक वनका पदाधिकारी क्षमता विकास तालिम, सामुदायिक होमस्टे प्रवर्द्धन कार्यक्रम, नर्सरी स्थापना (वडा नं १ देखि ६), खेलकूद विकास तर्फ , गापा भित्र रहेका विभिन्न खेल मैदानको स्तर उन्नती मर्मत सम्भार, कृषि विकास तर्फ , उत्कृष्ट टनेल खेती गर्ने कृषकहरुलाई थोपा सिंचाई सामाग्री वितरण , उन्नत बीउ वितरण कार्यक्रम (मकै गहुँ तोरी) १००५ अनुदानमा वितरण, क्रप कटिङ्ग तथा तथ्याङ्क संकलन उत्पादकत्व संकलन तथा वार्षिक कृषि क्यालेण्डर तयारी, फलफूल विरुवा वितरण कार्यक्रम (कागती सुन्तला कफि स्याउ र नास्पाती ) ५०५ अनुदानमा उपलब्ध गराईएको छ ।

त्यस्तै शिक्षा तर्फ शिक्षकलाई आई सी टि तालिम, गाउँपालिका स्तरीय शैक्षिक मेला प्रदर्शनी कार्यक्रम, एस ई इ र कक्षा १२ मा सर्वोत्कृष्ट नतिजा सहित उत्कृष्ट हुने छात्र १ छात्रा ४ जनालाई नगद रु १० हजार सहित प्रमाणपत्र वितरण, वार्षिक शैक्षिक क्यालेण्डर निर्माण, प्राविधिक धार सञ्चालनकोलागि पूर्वाधार निर्माण, गरेको छ ।

अनुदानमा दुध संकलन केन्द्र ४ वटालाई उपकरण खरिद, अनुदानमा स्वच्छ मासु पसल निर्माण वा मासु पसल सुधार, ब्याडे बीउ बोका बोयर तथा कुखुरा वितरण, साझेदारीमा घाँस पराल काट्ने च्याफकटर (विद्युतीय) यन्त्र वितरण, पशु विमा गरे बापत विमाङ्क रकमको ४०५ कृषकलाई अनुदान उपपलब्ध गराईएको छ । आवश्यक मात्रामा निती कानून तथा नियमहरु निर्माण भएको अवस्था, गाउँपालिकाको केन्द्र तथा वडा स्तरमा प्रशासनिक संरचनाको निर्माण भएको अवस्था, जनशक्तिको विद्यमानता, प्राकृतिक स्रोत साधनको उपलव्धता, कृषि पशुपालन तथा पर्यटन व्यवसायको उच्च सम्भावना, यातायातको दृष्टिकोणले तुलनात्मक रुपमा सहज भएको छ ।

भुम्लु गाउँपालिकाका उपलब्धीहरु

कुल ६ सय ३५ वटा आयोजना कार्यक्रम तथा क्रियाकलापहरु तथा २१८ बुँदे निति स्विकृत भएको, अघिल्लो आर्थिक वर्षका अधुरा योजना तथा कार्यक्रमहरुलाई यस वर्ष निरन्तरता दिइएको, पशु विमाको कार्यक्रम, ६० वर्ष उमेर पुगेका महिला स्वयंसेविका २३ जनालाई रु ३० हजार सहित ससम्मान विदाइ गरिने, ५० प्रतिशत अनुदानका साथै प्रत्येक वडामा १ जना अति विपन्न कृषकलाई शत प्रतिशत अनुदानमा ट्याक्टर वितिरण गरिने, सुत्केरी महिलालाई स्वास्थ्य संस्था सम्म आउने जाने एम्वुलेन्स निःशुल्क, सामाजिक सुरक्षालाई पूर्ण रुपमा बैकिङ प्रणालीमा लैजाने, करार सेवाका सबै कर्मचारीलाई नेपाल सरकारले सोही पदको लागि तोकेको न्युनतम तलब स्केल बराबरको पारिश्रमिक उपलब्ध गराउने, उपभोक्ता समिति मार्फत काम गर्ने कामदारलाई पनि बैक खाता मार्फत भुक्तानी उपलब्ध गराउने, सबै मा वि र एक निमावि मा कम्प्युटर शिक्षक व्यवस्थापन, एक विद्यालय एक नर्स कार्यक्रमलाई ५ वटा विद्यालयमा संचालन, दलित समुदायका बालबालिकाको लागि ३५ दिनभित्र जन्मदर्ता गराएमा रु ५०० प्रोत्साहन स्वरुप उपलब्ध गराइने, ग र घ श्रेणिको अपाङ्गता परिचयपत्र पाएका मध्ये जोखिममा रहेका ब्यक्तिहरुलाई वार्षिक रु ३००० उपलब्ध गराइने, बाल विकास सहजकर्तालाई मासिक रु ३००० थप प्रोत्साहन उपलब्ध गराइने, अस्पताल स्थापना गरिने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई शत प्रतिशत बैंकिङ प्रणालीबाट भुक्तानी गरिएको, सबै स्वास्थ्य संस्थामा पुराना उपकरणहरु नयाँबाट प्रतिस्थापन, वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरुबाट दैनिक प्रतिवेदन सम्बन्धित कार्यालयमा पेश गर्ने प्रणालीको सुरुवात गरेको छ ।

कोभिड व्यवस्थापनको लागि ३० वेडको क्वारेन्टाइन सहित १०० वेडको क्षमताका सामग्री तथा औषधी उपकरण व्यवस्थापन र स्वास्थ्य प्रयोगशाला स्थापना र संचालन गरिरहेको छ ।

चौरीदेउराली गाउँपालिकाका मुख्य उपलब्धी

कृषकहरुलाई यान्त्रिकीकरण तर्फ अभिप्रेरित गर्दै उत्पादन वृद्धि गर्न सफल भएको छ । पशुपालन तर्फ बाख्रा तथा भैंसी फार्महरु स्थापना हुँदै गएका छन् । चिया खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले परिक्षणका लागि वाङ्थलीमा १० हजार बोट चिया खेती शुरु गरिएको छ, जहाँ राम्रै अवस्थामा चिया बोटहरु हुर्कदैछन् ।

शिक्षाको गुणस्तर र अंग्रेजी भाषालाई सुधार गर्न सबै विद्यालयमा अंग्रेजी माध्यमबाट शिक्षण कार्यको सुरुवात गरिएको, एसईई र +२ मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई दिइने नगद पुरस्कारले विद्यार्थीहरुमा सर्वोत्कृष्ट हुने भावना जागेको छ । धुसेनी शिवालय स्वास्थ्य चौकीलाई अस्पतालमा अपग्रेड गरी डाक्टर सहितको सेवा संचालन भै सकेको र अस्पतालको भवन निर्माण कार्य करिब २ महिना भित्र सम्पन्न हुने क्रममा रहेको छ । अस्पतालको लागि आवश्यक ल्याव, एक्सरे लगायत अन्य आवश्यक उपकरणहरुको व्यवस्था गरिएको छ । ४ वटा एम्बुलेन्सले आकस्मिक सेवा प्रदान गरिरहेको छ ।

खानीखोला गाउँपालिकाका मुख्य उपलब्धी

आ.व. २०७६/७७ मा संघिय सरकारबाट वित्तिय समानिकरण अनुदान रु ७ करोड ११ लाख, वित्तिय समानिकरण राजश्व वाडफाडँबाट रु. ५ करोड ८२ लाख, संघिय सरकारबाट सशर्त अनुदान रु. ८ करोड ९१ लाख, बागमती प्रदेश सरकारबाट सशर्त अनुदान रु. २ करोड २१ लाख, बागमती प्रदेशबाट वित्तिय समानिकरण रु. ९९ लाख ४ हजार, गत आ.व. को मौज्दात रु. ३ करोड ५८ लाख ४ हजार ३५२ । (आन्तरिक आम्दानी रु. ५ लाख र जिल्ला समन्वय समितिको कार्यालय, काभ्रेबाट प्राप्त रु. २ करोड समेत कुल रकम रु. ३० करोड ६७ लाख ११ हजार ३५२) रहेको छ ।

गाउपालिका केन्द्र तालढुंगासम्म खोपासी तालढुंगा सडक र ललितपुरवाट बाग्मती नदी किनारा हुँदै तालढुंगासम्म कच्चीसडक सञ्जालले जोडिएको छ । गाउपालिका केन्द्रबाट प्रत्येक वडाको केन्द्रसम्म सडक सञ्जालले जोड्न पदाधिकारीहरु निर्वाचित भएर आएदेखि नै सडक विस्तारलाई केन्द्रविन्दुमा राखी विशेष काम भैरहेको छ । बिगत आर्थिक वर्ष देखि नै सडकलाई विशेष प्राथमिकतामा राखी करिव ९१ किमी कि.मी. र गत आवमा करिव ४१ किमि ट्रयाक खनिएको छ । गत आवमा ट्रयाक खोलिएको स्थानमा ७० लाख खर्च गरी सडक संचालनमा आएको छ ।

हालसम्म वडा नं. ६ को केन्द्रसम्म सडक सञ्जालले नजोडिएकोले उक्त केन्द्र जोड्न र वडा नं. १ र २ को केन्द्र पालिकाको केन्द्रसँग जोड्न दु्रत गतिमा सडकको ट्याक खोल्ने रकम विनियोजन गरि निरन्तर कार्य भईरहेको छ । वडा नं. ३ र ४ को वडा कार्यालय भवनको लागि निःशुल्क जग्गा प्राप्त गरि वडा कार्यालय भवन निर्माण गर्न ठेक्का प्रकृया गरि सम्झौता कार्य सम्पन्न भइ वडा नं. १ र ६ को जग्गा प्राप्त गर्ने प्रकृयामा रहेको, गाउँपालिकाको प्रशासकिय भवन निर्माणको लागि डिपिआर तयार गरि आईई गर्न प्रकृया अगाडि बढेको, तालढुंगा अस्पताल निर्माणको लागि ठेक्का प्रकृया अगाडि बढि सम्झौता भएको, गाउपालिका केन्द्रमा नेट जडान भै नेटवाट काम शुरुवात भएको, वडा नं. २, ३, ६ र ७ मा नया स्वास्थ्य चौकी भवनहरु निर्माण सम्पन्न भएको, पालिकाले जग्गा ब्यवस्थापन गरी सो जग्गामा नयाँ प्रहरी चौकी भवन निर्माण सुरु भै सकेको छ ।

गत वर्ष करिव २९ कि.मी सडकको ट्याक खनिएको र ८४ किमी सडक मर्मत भएको, वडा नं. ३, ४ र ७ को केन्द्र सडक सञ्जालले पालिकाको केन्द्रसग जोडिएको, पालिका क्षेत्रभरि नै हालसम्म केन्द्रिय विधुत लाईनले नछोएकोले यस पालिका भरिकै लागि केन्द्रिय विधुत विस्तार गर्न केन्द्रिय सरकार मार्फत ठेक्का द्धारा काम गर्न प्रकृया अघि बढी काम शुरु भैसकेको, पालिका केन्द्रबाटै आर्थिक कारोवार शुरु गर्न बैंक स्थापना भैसकेको, यस अघि टेलिफोन नै नलाग्ने गाउँपालिका केन्द्रमा केन्द्र सरकारको पहलमा टेलिफोन टावरको स्थापना भै टेलिफोन लाग्नसक्ने अवस्थाको सुरुवात भएको छ ।

सिमेन्ट उधोग स्थापनाका लागि गरुड सिमेन्ट उधोगले वडा नं. ७ र ६ मा अन्वेषण कार्यको शुरुवात गरेको छ । पालिकास्तरिय भलिवल टिमलाई अन्य ठाउँमा खेल्न जाँदा पालिकाको तर्फवाट सहयोग गरिएको र विभिन्न ठाउँमा गै खेल जितेर शिल्ड मेडल ल्याएको छ ।

महाभारत गाउँपालिकाका मुख्य उपलब्धी

आर्थिक वर्ष २०७६/२०७७ मा भएका उपलब्धीहरु यसप्रकार छन् । बाँझो जग्गा बिहिन गाउँपालिका, हराभरा गाउँपालिका” को निर्माण गर्न जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गरिएको छ । कृषि समुहलाई कृषि ज्ञान केन्द्रको रुपमा स्थापना गर्न शुरु गरिएको छ । सम्भावित पर्यटकीय स्थलहरुसम्म पुग्ने पदमार्ग विस्तार गर्दै ती स्थानहरुमा होमस्टे संचालनका लागि आवश्यक पहल गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन शुरु गरिएको छ । विद्यालयहरुमा शैक्षिक प्रशासन सुधारका लागि सफ्टवेयरको विकास तथा कार्यान्वयन गरिएको छ ।

“स्वच्छ र सफा पिउने पानी ः स्वास्थ जिन्दगानी” लाई सफलीभुत पार्न गाउँपालिकाका सबै बस्ती र समुदायमा एक घर एक धाराको नीति अनुरुप स्वच्छ र सफा पिउने पानी कार्यक्रम शुरु गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्यक्रमलाई बिशेष प्राथमिकता दिईएको छ । महाभारत गाउँपालिकामा १५ सैयाको अस्पताल निर्माणको लागी संघ सरकार र प्रदेश सरकारसँग समन्वय आवश्यक कार्य अघि बढाईने छ । शुन्य होम डेलिभरी तथा बाल तथा मातृ मृत्युदर घटाउनको लागी महिला स्वास्थ्य स्वयम सेविकाको परिचालन तथा प्रोत्सहान कार्यक्रमलाई जोड दिइनेछ ।

ग्रामिण सडकहरुको स्तरोन्नती गर्दा अनिवार्य रुपमा नाली निर्माण गर्नु पर्ने नीतिलाई कडाईका साथ कार्यान्वयनमा ल्याईएको छ । यसै आर्थिक बर्ष भित्र प्रत्येक घर धुरीमा केन्द्रिय विद्युत प्रसारणको लागी जडानका लागि विशेष जोड दिईएको छ । चालु आर्थिक वर्ष भित्र महाभारत गाउँपालिका पक्कि सडक निर्माणको कार्य शुरु भएको छ ।

रोशी गाउँपालिकाका मुख्य उपलब्धी/तेमाल गाउँपालिकाका मुख्य उपलब्धीहरु

आर्थिक वर्ष २०७६/२०७७ मा भएको कुल खर्च प्रतिशत ८५.८०, आ.व. ०७६।०७७ मा भएको चालु खर्च प्रतिशत ८७.७१, आ.व.०७६÷०७७ मा भएको पूजीगत खर्च प्रतिशत ८३.७१, आ.व. ०७६।०७७ मा बाँकी मौज्दातः ६ करोड ४६ लाख ९ हजार, आ.व. ०७६/०७७ मा चालुतर्फका बाँकी मौज्दातः २ करोड ९१ लाख १३ हजार, आ.व. ०७६।०७७ मा पूजीगत तर्फको बाँकी मौज्दात ३ करोड ५४ लाख ९६ हजार रहेको छ ।

गाउँपालिकाको भवन निर्माण कार्य शुरु भएको छ । चालु वर्ष भित्रै सम्पन्न हुनेछ । जिल्ला समन्वय समितिबाट र गाउँपालिकाबाट गरी ४ करोड ५२ लाख रुपैया भवनका लागि खर्च हुनेछ । गाउँपालिका ८ वटा वडा कार्यालयका भवनहरु निर्माणमा बजेट विनियोजन भई निर्माण प्रक्रियामा रहेका छ ।

गाउँपालिकाको वडा नं. ६ मा समुदायिक विधुतिकरण भवन निर्माण सम्पन्न भएको, नदिजन्य ढुगां, गिट्टी, बालुवाको लागि विभिन्न ७ स्थानमा टेण्डर आवह्न गरिएकोकमा ३ स्थानको ठेक्काका लागि सम्झौता भइ सम्झौता अनुसारको काम सम्पन्न भएको, संघिय सरकारको लागानीमा गाउँपालिका क्षेत्रभित्र खानेपानी वितरण गर्न निर्माणधिन तेमाल वृहृत खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ ।