परिवार नियोजन गर्नेलाई सामुदायिक वनको ३ सय

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे ।

सामुदायिक वन उपभोक्ता समुहहरु वनको संरक्षणसँगै समुदायको सचेतिकरण र आयमुलक कार्यमा सक्रिय हुन थालेका छन् । महाभारत गाउँपालिका वडा नम्वर १ गोकुलेमा रहेको मैन डाँडा सामुदायिक वन उपभोक्ता समुहले महिला र बालबालिकाहरुको स्वास्थ्य, शिक्षा र समृद्धका लागि जन्मदर कम गर्ने उदेश्यले परिवार नियोजन गर्ने ब्यक्तिलाई समुहका तर्फबाट ३ सय रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । उक्त निर्णय पछि ९ जनाले परिवार नियोजन गराएका छन् ।

जिल्लाको डाँडापारी क्षेत्र दुगर्म, अभाव, अशिक्षित र आय स्तर कम भएको क्षेत्रका रुपमा चिनिन्थ्यो । लगातारको विकास र चेतना अभिबृद्धीले महाभारत क्षेत्रमा आयआर्जन र ब्यवसायीकता फस्टाउन थालेको छ । २०५८ सालमा जिल्ला बन कार्यालयमा दर्ता भएको मैनडाँडा सामुदायिक बन उपभोक्ता समुह महाभारत १ गोकुलेले उपभोक्ताहरुलाई आयआर्जनका लागि ब्यवसायीक कार्यक्रमहरु संचालन गरिरहेको छ । प्राविधिक सिप, ज्ञान अभावका कारण उपभोक्ताहरुले पर्याप्त उत्पादन बढाउन नसके पनि ब्यवसायीक खेतिमा उपभोक्ताहरुको आर्कषण बढेको छ ।

३ सय १० हेक्टर क्षेत्रफल रहेको साुमदायिक बनमा ६५ घरधुरी उपभोक्ता छन् । अध्यक्ष पञ्चलाल जिम्बाका अनुसार उक्त बनमा साल, चिलाउने लगायतका रुखहरु छन् भने कालिज लगायतका बन्यजन्तु र कुरिलो, हर्राे, बर्राे लगायतका जडिबुटीहरु उपलब्ध छन् । उपभोक्ताहरुकै चाहना अनुसार हरेक वर्षको कार्तिक देखि बैशाखसम्म काठका लागि बन खुल्ला गरिएको छ । जसलाई उपभोक्ता समुहले कार्ययोजनामा समावेश गरेको छ ।

हरेक वर्ष साधारण सभा, नियमित बैठक, आम्दानी खर्चको लेखापरिक्षण गराउने गरेको अध्यक्ष पञ्चलाल जिम्बाले बताउनु भयो । समुहको खातामा साढे चार लाख रकम जम्मा भएको छ । उपभोक्ताहरुले काठ खरिद गर्दा तिरेको रकम सामुदायिक बनको प्रमुख आम्दानी श्रोत बनेको छ भने उपभोक्ताहरुले संरक्षण गरेको बनका थप आम्दानी हुन थालेको छ । हरेक वर्ष सन्तान जन्मँदा महिलाको स्वास्थ्य, बालबालिकाहरुको शिक्षामा समस्या बढ्दै गए पछि उपभोक्ता समुहले थोरै सन्तान जन्माउने र स्थायी बन्ध्याकरण गर्ने ब्यक्तिलाई समुहको तर्फबाट ३ सय रुपैया उपलब्ध गराउने निर्णय ग¥यो ।

उक्त समुहमा आवद्ध सदस्यहरु मध्ये केहिका १३ वटा सन्तान जन्मिएका छन् । ९ छोरा र ४ छोरी जन्माउने अभिभावकहरुको आर्थिक अवस्था सवल बनाउने योजना नहुँदा संकटमा परेको छ । अरु अभिभावकहरुलाई त्यस्तो समस्या हुन नदिन समुहले स्थायी बन्ध्याकरणको अभियान शुरु गरेको अध्यक्ष पञ्चलाल जिम्बाले बताउनु भयो । ‘कम भन्दा कम सन्तान जन्माउने अभिभावकहरुलाई समुहको तर्फबाट ३ सय उपलब्ध गराउने गरिएको छ’–उहाँले भन्नुभयो–‘स्थायी नै नगरे अस्थायी बन्ध्याकरण गर्ने र सन्तान कम जन्माउने तर्फ उन्मुख भएका छन् । २ वर्षमा समुहमा आवद्ध ९ सदस्यले स्थायी बन्ध्याकरण गराएका छन् ।’

धेरै सन्तान जन्माउने पहिलो समस्या रोक्न गरिएको पहल सफल हुँदै गए पछि समुहले बालविवाह रोक्न पहल गरेको छ । बालविवाह गर्ने क्रम बढे पछि विद्यालय र सामुदायिक बन उपभोक्ता समुहको तर्फबाट केहि प्रयास भएको अध्यक्ष पञ्चलालले बताउनु भयो । १३÷१४ वर्षको उमेर देखि विवाह गर्ने र वर्षेनी बच्चा जन्माउँदा आमा र बच्चा दुबैको स्वास्थ्य खराव हुने भएकाले बालविवाह रोक्ने प्रयास शुरु गरिएको हो ।

प्रविधिको विकास र गलत प्रयोग तथा अशिक्षाका कारण बालविवाह भईरहेको उहाँले बताउनु भयो । बालविवाह, अशिक्षा, जन्मदर बृद्धी कम गर्दै उपभोक्ताहरुको आर्थिक जीवनलाई सहज र सरल बनाउन उपभोक्ता समुह अन्र्तगत दुईवटा कबुलियती बन समुह गठन गरिएको छ । पँधेरा पाखा कबुलियती वन क र फेदिपाखा कबुलियती बनमा ३० जना उपभोक्ता समेटिएका छन् । एउटा समुहमा १५ जना सहभागि छन् । बाँकी उपभोक्ताहरु समुहमा आवद्ध हुन चाहे अर्काे समुह गठन गर्ने अध्यक्ष पञ्चलालले बताउनु भयो ।

कबुलियती बन भित्र उपभोक्ताहरुले कफि, अम्रिसो लगाएका छन् । कफिबाट एउटा परिवारले बार्षिक १०÷१२ हजार देखि ५० हजार रुपैयासम्म आम्दानी गर्न थालेका छन् । अम्रिसोबाट घाँस र कुचो विक्री गरी २÷३ हजार देखि १५ हजार रुपैयासम्म आम्दानी हुन थालेको छ । ‘समुहका सदस्यहरुलाई खेतीका लागि आवश्यक तालिम र सिप नहुँदा क्षमता अनुसारको उत्पादन र आम्दानी गराउन सकिएको छैन’–अध्यक्ष पञ्चलाल जिम्बाले भन्नुभयो–‘ज्ञानको अभाव छ, कृषि प्राविधिक छैनन, कफिमा लागेको रोग पत्ता लगाउन नसक्दा उपभोक्ताहरुको चिन्ता थपिएको छ ।’

४० वर्षसम्म कफिले फल दिन्छ भन्ने आशले विरुवा लगाएका उपभोक्ताहरु १० वर्ष नपुग्दै कफिमा लागेको रोगका कारण निराश बन्नु परे पछि बैदेशिक रोजगारबाट फर्किएर ब्यवसाय गर्न थालेका युवाहरुमा चिन्ता थपिएको छ । ब्यवसायीक खेतिमा संलग्न मध्ये अधिकांश युवाहरु बैदेशिक रोजगारबाट फर्किएका छन् । समुहमा आवद्ध भएका मध्ये ६० प्रतिशत परिवारका सदस्यहरु बैदेशिक रोजगारमा छन् ।

कबुलियती बन समुहको बृद्धी, उपभोक्ताहरुलाई तालिम र सिप, प्राविधिक ज्ञान, बजारको ब्यवस्थापन गर्न सकिएको अवस्थामा डाँडापारीमा रहेका सामुदायिक बनहरुलाई आय श्रोतको पकेट क्षेत्र बनाउन सकिने अध्यक्ष जिम्बाले बताउनु भयो ।
महाभारत गाउँपालिकाको वडा नम्वर १ लाई गाउँपालिकाले कृषिको पकेट क्षेत्र घोषणा गरेको छ ।

पकेट क्षेत्र घोषणा गरे पनि आवश्यक योजनाहरुको निर्माण, प्राविधिकहरुको ब्यवस्थापन, कृषकहरुलाई तालिम र ज्ञान उपलब्ध गराएको छैन । रोग लाग्दा रोग पत्ता लगाउन नसक्ने र त्यस विरुद्ध विषादी प्रयोग गर्न नजान्दा कृषकहरुले लगाएको कफि सुक्न थालेको छ । कफि र अम्रिसो पछि ब्यवसायीक खेतीका लागि आर्कषक मानिएको अलैची हो । तर यो ब्यवसायीक बन्न सकेको छैन । अलैचीका लागि राम्रो जमिन भए पनि खेती लगाउन कृषकहरुलाई उत्साह भर्न सकिएको छैन ।

बैदेशिक रोजगारबाट फर्किएका युवाहरुले आफ्नै स्थानमा केहि गर्न सकिन्छ भन्ने सन्देश दिन आवश्यक भएको बताएका छन् । स्थानीय सरकारसँगको समन्वय र सहयोगमा मात्रै युवाहरुले आफ्नै जमिनमा श्रम र पसिना बगाउन सक्छन भन्ने उदाहरण मैन डाँडा सामुदायिक बन देखिएको छ । युवाहरुले अहिले बाँझो जमिन समेत खन्न थालेका छन् । आर्कषण छ तर टिकाउन सकिदैन कि भन्ने चिन्ताले सताउन थालेका अध्यक्ष पञ्चलाल जिम्बाले बताउनु भयो । मैन डाँडाले उपभोक्ताहरुका लागि मैनको जस्तै उज्यालो बनाउने प्रयास गरेको उपभोक्ताहरुले बताए ।