खिजीदेम्बाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान

0
Shares

लिला सुुनुवार, ओखलढुंगा ।

विद्यार्थीहरुलाई बैकल्पीक माध्यामद्वारा पठनपाठनमा सहजता गराउनका लागी खिजीदेम्बा गाँउपालिकाले आधारभुत तह र माध्यमिक तहका विध्यालयहरुमा ईन्टरनेट सेवाबिस्तार गरेको छ । गाँउपालिकाले पालिकामा रहेका ८ वटा आधारभुत तह (० देखि ८) र ७ वटा माध्यमिकतहकाबिध्यालयमा ईन्टरनेट सेवाबिस्तार गरेको हो ।

पालिका भरि बिभिन्न तहका गरि जम्मा ३९ वटा तह विध्यालय रहेकोमा आधारभुत तहका (० देखि ८ ) र माध्यमिक तहका १५ वटा विध्यालयहरुमा मात्रै ईन्टरनेट सेवाबिस्तार गरिएको छ । विध्यालयमा ईन्टरनेट सेवापुगे पछि पश्चात सामाजिकदुरि कायम राखी विध्यालयमा बैकल्पिक बिधिबाट (अनलाईन ) कक्षा सञ्चालन गरिने खिजीदेम्बा गाँउपालिका अध्यक्ष बेद बहादुर रोकाले बताए । ईन्टरनेटको पहुँचनपुगेका १४ वटा आधारभुत तहका (० देखि ५) विध्यालयहरुमा प्रोजेक्टरको माध्यमबाट अडियो भिडियो कक्षा सञ्चालन गरिने समेत बध्यक्ष रोकाले बताए ।

विध्यालयमा ईन्टरनेटको पहुँच पुगेपछि कोरोनाको त्रासका कारण बिगत लामो सयम देखि बन्द रहेको विध्यालयमा पठनपाठनका लागी केहि सहजहुने देखिन्छ । ईन्टरनेट नहुदा खिजीदेम्बा गाँउपालिकामा रहेका केहि विध्यार्थीहरु डाटाबाट नेट चलाएर अनलाईन कक्षामा सहभागी हुने गरेका थिए भने अधिकांस विध्यार्थीहरुको पहुचमा अनलाईन कक्षा नभएका कारण अनलाईन कक्षाबाट बञ्चित रहेका थिए ।
१५ वटा बिध्यालय र पालिकामा रहेका अन्य ३ वटा सरकारी कार्यलयमा नेट जडानको गर्नको लागी कुल ११ लाख रुपैया बिनियोजन गरिएको खिजीदेम्बा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास पौडेलले बताए ।

कोरोनाको कहरले वि ध्यालयबन्द रहेको र नेट नहुदा बैकल्पिक सिकाईको माध्यम द्धरा नियति पठनपाठन गराउन पनि नसकिएको अबस्थामा गाँउपालिकाले नेटको ब्यबस्थापन गरिदिएकोमा अबका दिनहरुमा अभिभाबक र विध्यार्थीहरु संग समन्वय गरेर कक्षा सञ्चालन गर्न सहजहुने श्री कुन्डली मा.बिका प्र.अ.नर बहादुर खत्रीको कथन छ । विध्यालयमा नेटको सुविधाभए पछि विध्यार्थीहरुको पठनपाठनमा सहजता हुने मात्रै नभएर विध्यालयको प्रशासनिक कामकाजमा र शिक्षकहरुको क्षमता अभिबिद्धि गरि शैक्षिक गुणस्तरमा समेत बृद्धि हुने श्री चुलि आधार भुतविध्यालय खिजीदेम्बा १ का प्र.अ वेदबहादुर महतराले बताए ।