स्याङ्जामा थप २२ जनामा कोरोना पुष्टि

0
Shares

अमृत अर्याल, स्याङ्जा ।

स्याङ्जामा थप २२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टी भएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय, पोखरामा गरिएको स्वाब परिक्षणको क्रममा उनीहरुको पिसिआर रिपोर्टको नतिजा पोजिटिभ आएको हो । गल्याङमा कोरोना संक्रमण पुष्टी हुनेमा नौ जना सुरक्षा निकायका रहेका छन् । चार जना जनपथ प्रहरी र पाँच जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ ।

यस्तै, मेडिकल सञ्चालक, व्यापारी, सवारीचालक र एक जना क्वारेण्टाइनमा बस्नेलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र गल्याङ नगरपालिकाकै आइसोलेसनमा राखिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

यसैवीच, गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले कोरोना संक्रमणबाट बच्न थप साबधानी अपनाउन आग्रह गर्नुभएको छ । नगरपालिका भित्र कोरोना संक्रमण फैलने क्रममा रहेको भन्दै उहाँले थप सजगता अपनाउन आग्रह गर्नुभयो ।