पेट्रोलको १० पैसाले कोरोना सचेतना

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

स्थापनाको रजत वर्षको अवसर पारेर हेटौंडा–११, थानाभ¥याङस्थित ओम सदाशिव आयल स्टोर्सले स्थापना गरेको सामाजिक सेवाकोषबाट दुई लाख रुपियाँ खर्च गरिएको छ ।

गत वर्ष आर्थिक बिपन्न बालबालिकाले अध्ययन गर्न छात्रवृत्ति पाएका थिए । स्टोर्सका सञ्चालक सिद्धिलाल श्रेष्ठले कोष स्थापना गर्नुभएको थियो । यस वर्ष कोरोनाबाट बच्ने उपायबारे सन्देश र कोरोना कहरका कारण खान धौधौ परेका परिवारलाई लायन्स क्लबमार्फत् करिब पचास हजार रुपियाँ बराबरको खाद्यान्न सहयोग गरिएको हो ।

पम्पबाट बिक्री हुने डिजेल तथा पेट्रोलको प्रतिलिटर दस पैसाका दरले संकलन गरी हुने कुल रकमबाट ‘ओम सदाशिव सामाजिक सेवाकोष’ स्थापना गरिएको हो । आयल टे«डर्स सञ्चालक श्रेष्ठले गत वर्ष जम्मा भएको करिब दुई लाख रुपियाँमध्ये एक लाख रुपियाँ छात्रवृत्ति उपलब्ध गराइएको बताउनुभयो ।

उहाँका अनुसार रोटरी क्लब अफ मकवानपुरमार्फत् सामुदायिक विद्यालयका आर्थिक विपन्न बालबालिका छनौट गरी छात्रवृत्ति उपलब्ध गराइएको छ । बाँकी एक लाख पनि शिक्षा क्षेत्रमा खर्च गरिएको उहाँले बताउनुभयो ।

आर्थिक विपन्न परिवारका सन्तति छनौट गरी अर्को संस्थासँगको समन्वयमा १ लाख रुपियाँको छात्रवृत्ति उपलब्ध गराइएको सञ्चालक श्रेष्ठले जनाउनुभयो ।

उक्त पेट्रोल पम्पका ग्राहकहरुले पनि सामाजिक सेवाको दायित्वबहन गरेर आत्मसम्मान महसुस गर्ने उद्धेश्यले कोष स्थापना गरिएको श्रेष्ठले बताउनुभयो । उक्त कोषमा मासिक रकम जम्मा गर्ने गरिएको र गठित कोष सञ्चालन समितिको सिफारिसअनुसार शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरिने उहाँले बताउनुभयो ।

श्रेष्ठ, रोटरी क्लबअफ हेटौंडाका पूर्वअध्यक्ष तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडाका अध्यक्ष रहिसक्नु भएको छ । उहाँकै पहलका हेटौंडा सामुदायिक आँखा अस्पताल स्थापना गरिएको हो ।