चीनसँग विश्वकै सबैभन्दा ठुलो नौसेना : पेन्टागन


वासिंगटन (एजेन्सी) ।

एक अमेरिकी रक्षा प्रतिवेदनमा चीनसँग अब विश्वकै सबैभन्दा ठुलो नौसेना रहेको उल्लेख गरिएको छ । चीन आफनो नौसेनाको विस्तारका लागि पाकिस्तान, श्रीलंका, थाइल्यान्ड, सिंगापुर, इन्डोनेसिया र म्यान्मार सहित दर्जनौं देशमा आफ्नो सैन्य अड्डा बनाउने प्रयासमा रहेका प्रतिवेदनले जनाएको छ ।

चीन आफनो विश्वकै सबैभन्दा ठुलो नौसेनाका लागि चीन आक्रामक ढंगले नयाँ सैन्य अड्डा खोजिरहेको छ, जसबाट चीन आफनो सामरिक स्थिति तथा पहुँचलाई बलियो बनाउन सक्नेछ ।

चीन इन्डो प्यासिफिक क्षेत्रमा नयाँ सैन्ड अड्डा विकसित गर्न चाहन्छ साथै चीनका मनसाय परमाणु हतियारको संख्या पनि आगामी दशकमा दुई गुणा गर्नु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

चीनको सैन्य विस्तारको आंकलन गरिरहेको पेन्टागनको यो प्रतिवेदन मंगलबार अमेरिकी संसदमा पेश गरिएको थियो । तर चीनले उक्त प्रतिवेदनलाई पुर्वाग्रहले भरिएको बताउँदै अस्विकार गरेको छ ।

यसबीच चिनियाँ नौसेनाको पहुँच भारतको समुद्रि क्षेत्रमा बढिरहेकोले पेन्टागनको उक्त प्रतिवेदनलाई भारतले गम्भिरता पुर्वक लिन आवश्यक भएको नयाँदिल्लीले जनाएको छ ।

यसअघि भारतिय नौसेना प्रमुख एडमिरल कर्मबिर सिंहले हिन्द महासागरमा चीनको बढ्दो प्रभावलाई लिएर चिन्ता ब्यक्त गरेका थिए । नौसेना प्रमुखले भने ( पिपुल्स लिबरेसन आर्मी नौसेनामा अत्यन्त धेरै संसाधन लगाएको छ, जसको पछाडी उसको वैश्विक शक्ति बन्ने मनसाय प्रष्ट देखिन्छ । हामी यसमा सावधानी पुर्वक निगरानी राखिरहेका छौं र बजेट तथा बाधाहरुसँग यसलाई कसरी जवाफ दिन सकिन्छ भन्ने आंकलन गरिरहेका छौ ।

यसबीच गुजरातमा भारतको सबैभन्दा ब्यस्ट मुन्द्रा बन्दरगाहको एक टर्मिनलको आंशिक स्वामित्व चिनियाँ कम्पनीलाई हस्तान्तरण गर्ने प्रस्तावमा अब भारतिय विदेश मन्त्रालय र गृह मन्त्रालयले अध्ययन गर्ने भएको छ ।

अडानी समुहको फ्रान्सिसी पार्टनर सीएमए टर्मिनल्स र चीनको सरकारी कम्पनी सीएमजीबीच एक सम्झौतापछि उक्त प्रस्ताव तयार गरिएको द हिन्दु अखबारले जनाएको छ ।

यद्यपी अडानी समुहले यस मामिलामा आप्mनो तर्फबाट कुनै आवेदन दायर नगरेको स्पष्ट पारेको छ । यसै बर्ष मे २१ मा अडानी समुहका पार्टनर कम्पनी फ्रान्सेली कम्पनी सीएमए टर्मिनल्स मुन्द्रा बन्दरगाहमा टर्मिनल ४ विकास, सन्चालन र रेखदेखमा लागेको छ ।

उक्त कम्पनीले एक आवेदन दिँदै सीएमए सीजीएम समुहलाई आफनो ५० प्रतिशत हिस्सा दिन चाहेको इच्छा ब्यक्त गरेको छ । जस अनुसार चिनियाँ कम्पनी अडानी सीएमए मुन्द्रा टर्मिनलमा अप्रत्यक्ष रुपमा २४ दशमलव ९ प्रतिशत हिस्सा लिनेछ । तर एक वरिष्ठ अधिकारले अहिलेसम्म सहमति फाइनल भइनसकेको जानकारी दिएको अखबारले जनाएको छ ।