अक्सफोर्डको कोरोना खोप क्रिसमस लगत्तै आउने

0
Shares

लन्डन (एजेन्सी) ।

विश्वभरी तिब्र रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्न थुप्रै देश यस भाइरस विरुद्ध खोप बनाउने प्रयासमा जुटिरहेका छन् ।

कोरोना भाइरस खोप बनाइरहेका सबै प्रमुख उम्मेदवारमा अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकालाई सबै भन्दा प्रबल दावेदार मानिएको छ । बेलायत लगायत विश्वको विभिन्न देशमा यो खोपको क्लिनिकल परीक्षण जारी छ । यसबीच बेलायतका एक वरिष्ठ स्वास्थ्य अधिकारीले यो खोपको तयारीलाई लिएर महत्वपुर्ण जानकारी दिएका छन् ।

बेलायतका वरिष्ठ स्वास्थ्य प्रमुखमध्यका एक विशेषज्ञले देशमा कोविड १९ को खोप प्रयोगका लागि नयाँ बर्षको सुरुवाट सम्ममा तयार हुने अपेक्षा रहेको बताए । इंग्ल्यान्डका उप प्रमुख स्वास्थ्य अधिकार तथा कोरोना भाइरस वैश्विक महामारीलाई लिएर सरकारको सल्लाहकारमा सलंग्न जोनाथन वानटामले सांसदहरुलाई अक्सफोर्ड युनिभर्सिटीमा अस्ट्राजेनका द्वारा विकसित गरिरहेको खोप डिसेम्बरमा क्रिसमसपछि प्रयोगका लागि तयार हुन सक्ने जानकारी दिएको हो ।

भारतमा यसको सिरम इन्स्टिच्युट अफ इन्डियासँग अनुबन्ध छ । टामले गत हप्ता सांसदहरुलाई जानकारी दिने क्रममा खोप प्राप्त गर्ने दिशामा प्रकाश बर्ष टाढा नभएको बताएको द सन्डे टाइम्सले जनाएको छ । यो कुनै अवास्तविक कुरा होइन कि हामी क्रिसमस लगत्तै खोप प्रयोगका लागि तयार गर्न सक्छौं । यसले अस्पतालमा भर्ना भएकाहरु र उनीहरुको मृत्युको संख्यामा पर्याप्त असर पार्ने छ ।

बेलायतको कोरोना खोपमा पुरै विश्व आशावादी भएर नियालिरहेको छ । वान टामसँग एक अर्को बैठकमा भाग लिने एक सांसदले चिकित्सा विशेषज्ञ एस्ट्राजेनकाको तेस्रो चरणको परिणामलाई लिएर अत्यन्तै आशावादी रहेको बताए । उनीहरुलाई यसको परिाणाम यसै महिना वा अर्को महिनाको अन्त्य सम्ममा आउने अपेक्षा छ । बेलायत सरकारले शुक्रबार नयाँ कानुन प्रस्तुत गरेको थियो ।

उक्त कानुनमा कोविड १९को सम्भावित खोप लगाउन ठुलो संख्यामा स्वास्थ्यकर्मीहरुलाई अनुमति दिएको छ । स्वास्थ्य तथा सामाजिक मामिला विभागले नयाँ कदम सम्भावित खोपसम्म नागरिकको पहुँच बढाउन मद्दत गर्ने बताए ।