सिन्धुलीमा थप १९ जनामा कोरोना संक्रमण पुुष्टि

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।

२ कात्तिक– सिन्धुलीमा आईतबार थप १९ जनामा कोरोना सङक्रमत पुष्टी भएको छ ।

दुधौली नगरपालिका र सिन्धुली अस्पतालबाट १०२ जनाको स्वाब संकलन गरि असोज २८ गते पिसिआर परिक्षण गर्न धुलीखेल र हेटौडा पठाएका मध्ये १९ जनामा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । बाँकी अरुको भने निगेटिभ रिपोर्ट आएको छ । कोरोना भाईरस संक्रमण पुष्टी हुने १९ जना मध्ये ६ जना महिला र १३ जना पुरुष रहेको स्वस्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित व्यक्तिहरु १३ देखि ५७ बर्ष उमेर समूहका रहेका छन् । सङक्रमित मध्ये कमलामाई नगरपालिकाका १२ जना, दुधौली नगरपालिकाका ६ जना र हरिहरपुरगढी गाँउपालिकाका एक जना रहेका छन् ।

योसँगै सिन्धुली जिल्लामा कुल सङक्रमितको संख्या २६९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या १७२ जना रहेका छन् । संक्रमित मध्ये ९७ जना उपचारपछि कोरोनालाई जितेर घर गई सकेको कार्यालयले जनाएको छ ।

हालसम्मका सक्रिय संक्रमित बिरामी मध्ये सिन्धुली अस्पताल र एपोलो अस्पतालमा गरी २० जनाको आईसोलेसनमा उपचार भई रहको र बाँकीको होम आईसोलेसनमा उपचार भई रहेको प्रमुख साहले बताउनुभयो ।

पछिल्लो समयमा जिल्लामा कोरोना संक्रमित व्यक्तिको संख्या बढेसँगै उपचारका लागि आईसोलेसन बेढको अभाव रहेको सिन्धुली अस्पतालले जनाएको छ ।