घाँटी रेटिएको अवस्थामा असईको शव भेटियो

0
Shares

न्युज अफ नेपाल, कैलाली ।

कैलालीमा ड्युटीमा खटिएका एक प्रहरी असईको शव भेटिएको छ। प्रहरी पोष्ट जुगेडामा कार्यरत असई गोविन्द बिकको घाँटी रेटीएको अवस्थामा शव फेला परेको हो । नियमित गस्तीमा गएका विकको शव धनगढी उपमहानगरपालिका ११ को मोहना खोलामा भेटिएको प्रहरीले बताएको छ ।

यस्तै, अर्का प्रहरी जवान रामबहादुर साउद भने बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ । ड्युटीमा गएका दुवै जना नफर्किएपछि प्रहरीले खोजी गरेको थियो । सोही क्रममा विकको शव आइतबार बिहान मोहना खोलामा भेटिएको हो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।