अख्तियारद्वारा १२ हजार घुस रकम सहित बनरक्षक बिक पक्राउ

0
Shares

यमलाल भुसाल,बुटवल ।

अख्तियार दुुरूपयोग अनुसन्धान आयोग बुटवलले सब डिभिजन बन कार्यालय मुर्गिया,रुपन्देहीका बनरक्षक प्रेमचन्द्र बिकलाई १२ हजार नगद सहित पक्रायउ गरेको छ । आयोगले सेवाग्राहीसँगबाट १२ हजार रूपयाँ बुझदै गर्दा रकम सहित विकलाई नियन्त्रणमा लिएको छ ।

आयोग बुटवलको टोलीले बनरक्षक बि.क. लाई शनिबार सेवाग्राहीसँग १२ हजार घुस लिईसकेको अवस्थामा रूपन्देहीको सैनामैना ६ कलौनीचोकबाट रंगेहात नियन्त्रणमा लिएको आयोगको सूचना अधिकृत सुरेश भुसालले जानकारी दिनु भयो ।

काठ ओसारपसारमा सहजीकरण गरिदिए वापत भनी सेवाग्राहीसँग घूस रकम माग गरेको भन्ने उजुरी एवम् सूचनाको आधारमा अनुसन्धान एवम् निगरानीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले घुस बापत १२ हजार रूपया लिईसकेको अवस्थामा बनरक्षक बि क लाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको सूचना अधिकारी भुसालले बताउनु भयो ।