सरकारी निकायको लापारवाहीले दाहसंस्कारबाट बंचित

0
Shares

कृष्णउदास खनाल, हेटौंडा ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ प्रगतीटोलका ६८ बर्षीय शम्भु प्रसाद मिश्रलाई असोज २६ गते सामान्य ज्वरो आयो। उहाँमा ज्वरो देखिएपछि उहाँका परिवारका सदस्यहरुले हेर्टौंडा अस्पतालमा लगे । शुरुमा केही निजी स्वास्थ्य संस्थामा उहाँलाई लगिएपनि पछि हेटौंडा अस्पतालमा लगियो र २७ गते बिहान मात्रै कोरोना परिक्षणका लागि पिसिआर जाँच गरियो ।

पिसिआरको रिपोर्ट आउन नपाउदै उहाँलाई धेरै गाहे भएपछि परिवारका सदस्यहरुले नै भरतपुर अस्पतलमा लगे । त्यहाँ शुरुमा उहाँलाई अस्पतालको आइसियूमा राखियो ।उपचार चल्दै गयो तर २९ गते बिहान एकाएक मृत घोषणा अस्पतालले गर्यो । कोरोनाको रिपोर्ट यो क्रममा पोजेभि आयो । रिपोर्ट पोजेटिभ आएपछि आफूहरुलाई एकदमै दुब्र्यवहार भएको मृतकका आफन्त प्रल्हाद मिश्रले बताउनुभयो । उहाँले अस्पतालका स्वास्थ्यकर्मीहरुले आफूहरुलाई एदकमै तुच्छ ब्यवहार गरेको बताउनुभयो ।

शम्भुको मृत्यु कोरोनाले भएको पुष्टी गरेपछि अस्पतालले सेनाको सहयोगमा कतै गाडे र त्यो ठाउँमा मृतकका आफन्त पुगे । त्यो दृष्य एकदमै हृदयबिरारक रहेको मृतकको अर्का आफन्त दिब्यराज निरौलाले जानकारी दिनुभयो ।घरबाट गएका शम्भु फकिएर आउनु भएन र परिवारका सदस्यहरु पनि काजकृयामा नै जुटे ।

तर,शुक्रबार एकाएक परिवारका सदस्यहरुमा खबर आयो शम्भुको रिपोर्ट नेगेटिभ भनेर । अनि परिवारका तनाब शुरु भयो । यदी नेगेटिभ नै आउने भए आफ्नो मान्छेको शव हतार गरेर किन गाडियो भन्ने तर्क मृतकका भाइ जगरनाथ मिश्रको छ । अस्पतालले मृतकको स्वाब संकलन गरेको कुरा परिवारलाई समेत जानकारी दिइएको थिएन । सरकारी निकायको लापारवाहीका कारण आफूहरुले कोरोना संक्रमण नभएका आफ्ना अभिभावकको अन्तिम संस्कार गर्न नपाएकोमा उनीहरुको पीडा छ । मिश्र परिवारले आफूहरुमा यस्तो भएपनि अरुमा नहोस् भन्ने कामना गरेका छन् ।

अस्पताल भन्छ : थाहा नै भएन

यो गम्भीर लापारवाहीका बिषयमा हामीले भरतपुर अस्पतालका डाक्टर प्रमोद पौडेलसंग जानकारी लिँदा उहाँले आफूलाई समेत शम्भुको स्वाब लिएको कुरा जानकारीमा नआएको बताउनुभयो । आफूले पछि कुरा बुझेपछि मात्रै जानकारी भएको बताउनुभयो । उहाँले मिश्रमा कोरोना पोजेटिभ नै आएको तर रिचेक गर्दा मात्रै नेगेटिभ आएपनि पोजेटिभ कै मान्यता हुने भन्दै झारा टार्ने प्रतिकृया दिनुभयो ।