वित्थडचिरले पायो सूचना प्रविधि मैत्री उपकरण

0
Shares

मानबहादुर बोहरा, बझाङ ।

युएसएआइडी साझेदारी – सङ्घीयता सहयोग कार्यक्रमले वित्थडचिर गाउँपालिकालाई सूचना प्रविधि मैत्री सामाग्री हस्तान्तरण गरेको छ ।

गाउँपालिकालाई ल्याप्टप, राउटर, टीभी, वयभ क्यामरा, पावर व्याकप लगाएतका विद्युतिय उपकरण उपलब्ध गराएको हो । साझेदारी – सङ्घीयता सहयोग कार्यक्रमका वित्थडचिर गाउँपालिकाका संयोजक विरेन्द्र बहादुर खड्काले झण्डै ४ लाख रुपैयाँ बराबरको विभिन्न उपकरण गाउँपालिकालाई हस्तान्त्रण गरीएको बताए । कोभिड – १९ को परिस्थीतीमा विभिन्न भ्रच्युअल माध्यमबाट काम गर्नुपरीरहेको समयमा साझेदारी कार्यक्रमले अति उपयोगी सूचना प्रविधि मैत्री सामाग्री गाउँपालिकालाई हस्तान्त्रण गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टले वित्थडचिर गाउँपालिकालाई सूचना प्रविधि मैत्री बनाउँन सङ्घीयता सहयोग कार्यक्रमले महत्वपूर्ण सहयोग गरेको बताए । ‘हामी सँग प्रयाप्त मात्रामा विद्युतिय उपकरणहरु थिएनन् । अधिकृत भट्टले भने, – गाउँपालिकाले अतिआवश्यक सूचना प्रविधिका सामाग्रीहरु पाएको छ । अब, आधुनिक सूचना प्रविधिमैत्री वातावरणमा काम गर्न सजिलो हुने भयो ।’

युएसएआइडी साझेदारी – सङ्घीयता सहयोग कार्यक्रम बझाङ जिल्लाभर एउटै वित्थडचिर गाउँपालिकामा मात्रै लागु भएको छ । कोभिड – १९ को जोखिमले पछिल्लो समय भिडियो कन्फ्रेन्स् बाट विभिन्न तालिम, छलफल लगाएतका क्रियाकलाप बढ्न थालेका छन् । त्यस्ता डिजिटल क्रियाकलाप गर्न विभिन्न अत्याधुनिक उपकरणको अभाव भोगीरहेको वित्थडचिर गाउँपालिकाले अब सजिलै सँग काम गर्न सक्ने गाउँपालिकाका उपाध्यक्ष जानकी बोहराको भनाई छ । ‘साझेदारी कार्यक्रमले अति उपयोगी सामाग्री दिएको छ । उपाध्यक्ष बोहराले भनिन् – अब भिडियो कन्फ्रेन्स् लगाएतका काम गर्न हामीलाई धेरै सजिलो हुने भयो ।’

जिल्लाका कतिपय स्थानीय तहले इन्टरनेट सहित विभिन्न सूचना प्रविधि मैत्री उपकरणको अभावमा काम गर्नु परिरहेको बताइएको छ । जस कारण सेवा प्रवाहमा समेत समस्या हुँदै आएको छ ।