इलाका प्रहरी कार्यालय बुटवलका हवल्दार शाहनी दम्पती ४ लाख घुससहित पक्राउ

0
Shares

यमलाल भुसाल, बुटवल ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहानी चार लाख घुस सहित पक्राउ परेका छन् ।

अदालतमा रहेको मुद्दा धरौटीमा छुटाईदिन सहयोग गरे वापत सेवाग्राहीसँग चार लाख घूस लिदै गर्दा हवल्दार र उनकी श्रीमती निर्मला केवटलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको टोलीले पक्राउ गरेको कार्यालय प्रमुख डा . भिष्म कुमार भुसालले बताउनु भयो ।

घुष रकमा दिन गएका दम्पती परिवारलाई रुपन्देहीको सियारी गाउँपालिका वडा नं. ७ स्थित खनाल मिठाई पसल छेउबाट रंगेहात नियन्त्रणमा लिएको अख्तियार बुटवलका प्रक्ता सुरेश भुसालले बताउनु भयो ।

उनीहरुलाइ शुक्रवार दिउसो साढे २ बजे नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जनाएको छ