काठमाडौं उपत्यकामा थप २ हजार ४०२ कोरोना संक्रमित भेटिए

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप २ हजार ४०२ जना कोरोना संक्रमित भेटिएका छन्। काठमाडौंमा १ हजार ७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज देशभर ४ हजार ३९२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कूल संख्या १ लाख २६ हजार १३७ पुगेको छ।