आज देशभर थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि, २१ संक्रमितको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको कूल संख्या १ लाख २६ हजार १३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।

आज देशभर थप २१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर ३७ हजार ३८२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।