प्रहरी संगठनलाई जनताको भरोसाको साथीका रुपमा स्थापित गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल

0
Shares

यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हरेक हिसावले जोखिममा रहेको प्रदेश भएकाले जनताको भरोसाको साथीका रुपमाप्रहरी संगठनलाई स्थापित गर्नु पर्नेमा जोड दिनु भयो ।राष्ट्रले सुम्पेको जिम्मेवारी पुरा गर्न प्रहरी संगठन काविल सावितभएको बताउदै उहाँले अमर प्रहरीका कारण जनताको भरोसा प्रहरीसंग नै रहेको औल्याउनु भयो ।

लुम्बिनी प्रदेश प्राकृतिक हिसावले,अन्तराष्ट्रिय सीमा नाकासंग प्रदेशको अधिकांस भुभाग जोडिएको ,सडक दूर्घटना ,लागूऔषध, अपराध नियन्त्रण, अनुसन्धान र ट्राफिक व्यवस्थापनमा चुनौतिर जोखिमका रुपमा रहेकाले जनताको भरोसाको साथीका रुपमा प्रहरी संगठनलाई स्थापित गरि समस्याको समाधान गर्न सकिेनेमा मुख्यमन्त्री पोखरेलले जोड दिनु भयो ।शुक्रबार लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बुटवलमा आयोजना गरेको ६५ औं प्रहरी दिवसको अवसरमा मुख्यमन्त्री पोखरेलले समाजमा  शान्ति सुरक्षाबहालीका क्रममा अहिलेसम्म भएका कामको समिक्षा गरि बदलिदो सामाजिक चरित्रलाई सुक्ष्म रुपमा विश्लेषण गर्दै प्रभावकारी कामका लागि प्रहरी संगठनको ध्यान जान जरुरी रहेको बताउनु भयो ।

यतिबेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण चरणमा छौं, प्रहरी संगठन पनि संघीय शासन प्रणाली अनुरुप नयाँ ढाँचामा व्यवस्थापन गर्न गृहकार्य अघि बढेको छ, प्रहरी संगठनलाई छिटो संघीय शासन प्रणाली अनुरुपको ढाँचामा व्यवस्थापन जरुरी रहेको उहाँले बताउनु भयो ।

प्रदेश सरकार प्रहरी ऐन निमार्णको चरणमा रहेको र प्रहरी संगठनलाई कसरी अनुसाशित, मर्यादित प्रभावकारी वनाउने सवालमा ऐनमा समावेस गर्न आआफ्नो क्षेत्रवाट सहयोग र सुझाव दिन पनि मुख्यमन्त्री पोखरेलले आह्वान गर्नु भयो ।

समाजमा बढिरहेका सुरक्षा चुनौतीको सामना गर्दै सबल र सक्षम प्रहरी संगठनको पहिचान बनाउन नयाँ सांगठनिक ढाँचाले अवश्य बल पुर्‍याउने उहाँले बताउनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरिक्षक रविन्द धानुक लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक डा.गणेश रेग्मी प्रहरी नायव उपरिक्षक रामबहादुर केसी लगायतले प्रहरीलाई प्रविधीयुक्त र व्यवसायीक वनाउन जरुरी रहेको धारणा राख्नु भएको थियो ।

रवको विषयभएको भन्दै यसलाई सफलबनाउन सबैको सहयोगको खांचो रहेको औंल्याउनु भयो ।