पुष्कर बुढाथोकी, भक्तपुर ।
नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल मध्यपुर थिमिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थप एक महिलाको मृत्यु भएको छ ।
अस्पताल प्रशासन प्रमुख रुपेश श्रेष्ठका अनुसार भक्तपुर नगरपालिका–८ लिवालीकी ७४ वर्षीया महिलाको उपचारकै क्रममा गए राति मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएर बुधबार अस्पताल भर्ना भएकी ती महिलाको पीसीआर परीक्षण गर्दा सोही दिन कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
यस अघि हिजै भक्तपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । असोज २१ (बुधबार) कोरोना संक्रमण पुष्टि भई भक्तपुर अस्पतालमा उपचाररत धुलिखेल नगरपालिका–९ घरभई मध्यपुर थिमि निलवाराही बस्ने ४१ वर्षीय पुरुषको हिजो दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।
यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ जना पुगेको छ । तीमध्ये १३ महिला र ३४ पुरुष छन् ।











प्रतिक्रिया