उत्कृष्ट काम गर्ने सात प्रहरी पुरस्कृत

0
Shares

ललित सिंह, बझाङ ।

जिल्लामा रहेर उत्कृष्ट काम गरेको भन्दै ६५ औ प्रहरी दिवसको अबसरमा बझाङ जिल्लामा सात जनाप्रहरीहरुलाई पुरुस्कृत गरिएको छ । जिल्लाप्रहरी कार्यालय बझाङले आयोजना गरेको ६५औ प्रहरी दिवसको एक औपचारिक समारोहमा जिल्लामा रहेर उत्कृष्ट कार्यसम्पादन गरेका बिभिन्न दर्जाका सात प्रहरीहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

पुरस्कृत हुनेमा जिल्लाप्रहरी कार्यालय बझाङमा कार्यरत प्रहरी नायब निरिक्षक माधबदत्त जोशी , प्रहरी नायबनिरिक्षक क्षेत्रबहादुर चन्द, प्रहरी सहायक निरिक्षक राजेश भाट , प्रहरी हबल्दार टेक बहादुर खड्का, प्रहरी हबल्दार राजबहादुर बोहरा , प्रहरी जवान सम्भुसिंह धामी , र प्रहरी जवान हरिसिहं खत्री रहेका छन् । जिल्लाको शान्ती सुरक्षामा खटिएर राम्रो काम गरेको भन्दै उहाँहरुलाई सम्मान गरेको प्रहरी नायब उपरिक्षक रुपक खड्काले बताउनुभयो । उहाँले राम्रो काम गर्ने प्रहरीलाई सम्मान गरिदा यसले उहाँहरुमा थप हौसला मिल्नुका साथै काम गर्ने उर्जा समेत आउने भएकाले उहाँहरुलाई सम्मान गरेका हौ । उहाँहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

पछिल्लो समयमा बझाङमा प्रहरी अनुन्धान फितलो हुने जनगुनासो समेत आई रहेका बेला प्रहरीले चुस्त र पारदर्षी भएर काम गर्नुपर्नेमा सहभागी बक्ताहरुले जोड दिनुभएको थियो । कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी धिरा रोकायाले प्रहरी प्रसासन सत्ता र शक्तिको आडमा प्रभावित नहुनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, प्रहरी संगठन भनेको नागरिकको भरोसाको केन्द्र भएकाले प्रहरीले जहिले पनि निस्पक्ष भएर काम गर्ने बातावरण समेत तयार गर्नुपर्ने बताउनुभयो ।

प्रहरी दिवसको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा प्रहरीलाई सहयोग गर्ने बिभिन्न सामाजिक संध संस्थालाई समेत सम्मान गरेको छ । यसका साथै देशमा शान्ती सुरक्षा कायम गर्ने समयमा जिवनको त्याग गर्नुहुने अमर प्रहरीहरुमा श्रद्धाञ्जली समेत अर्पण गरेको थियो ।