बझाङमा जिप दुर्घटना हुँदा चार घाइते, एकको अवस्था गम्भीर

0
Shares

ललित सिंह, बझाङ ।

बझाङमा जिप दुघटना हुँदा चार जना घाईते भएका छन् । बझाङको जयपृथ्बी नगरपालिका वडानं ११ भोपुरमा जिप दुघटना भएको जिल्ला ट्राफिक कार्यालय प्रमुख पुस्पराज जोशीले बताए ।

उनले भने बिहान चैनपुर जिप पार्क देखि भोपुरको लागी छुटेको से १ ज १११९नं को जीप बिहान १०: ४० बजे भोपुर मा दुघटना भएको जानकारी दिएका छन् ।

मेन रोड बाट करीब १० मिटर तल पल्टेर खस्दाँ चार जना घाईते भएका छन् । भने एक जना लाई गम्भीर चोट लागेको छ । घाईते हुनेमा जिप चालक सुर्मा गाउँपालिका वडानं.२ का सुयोग बोहरा,मस्टा गाउँपालिका वडानं ४ बास्तोली बस्ने बर्ष ४२ का सेर बहादुर थापा,जयपृथ्बी नगरपालिका वडानं ११ बस्ने बर्ष २१ का अग्नीराज जोशी,जयपृथ्बी न पा ११ बस्ने बर्ष २० का भक्तराज जोशी घाईते भएको जिल्ला ट्राफिक कार्यालय बझाङले जनाएको छ ।

घाईतेमध्ये अग्नीराज जोशीलाई गम्भीर घाईते भई तारा यअरलाईन्सको प्लेनमा थप उपचारको लागी धनगढी पठाएको र अन्य तिन जना घाईतेको अबस्था मध्ययम रहेको बताएको छ । जिप तिब्र गतीका कारण कन्टोल गर्न नसकी दुघटना भएको प्रारम्भीक आकडा रहेको छ ।