विश्वसामू चुनौति बनिरहेको कोरोना: ‘न धनी न गरिव’


–माधव अधिकारी (झबिन्द्र) ।

चीनको वुहान शहरबाट उब्जिएको कोरोना भाईरस (कोभिड–१९) ले यस अवधिमा दुई सय भन्दा बढी राष्ट्रमा आतंक फैलाउन सफल भएको छ । झण्डै आधा लाख भन्दा माथिको सङ्ख्यामा यही भाईरसको कारणले ज्यान गुमाउने र दश लाख भन्दा माथि संक्रमित भएको तथा संक्रमितको पाँच प्रतिशत संख्या उच्च जोखिममा भएको तथ्याड्ढ बाहिर आएको छ ।

नेपाल पनि यो भाईरसको आतंकबाट मुक्त छैन ।असाेज२६ गतेसम्मकाे तथ्यांक हेर्दा देशभर कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना मुक्त हुनेको संख्या ७७ हजार २७७ पुगेको छ । यद्यपी हालसम्म यसकै कारणले करिब छ सय पचास जनाले जीवन गुमाईसकेका छन।

मंगलबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ७७ लाख  २८ हजार ३ सय ८६ जना  संक्रमित छन्। सबैभन्दा धेरै व्यक्ति संक्रमित भएको अमेरिकामा ७८ लाख ३ हजार २ सय ५९ संक्रमित भइसकेका छन्। त्यस्तै भारतमा ७१ लाख २० हजार ५ सय ३८, ब्राजिलमा ५० लाख  ९४ हजार ९ सय ७९ र रुसमा १३ लाख ५ हजार ९३ जनामा संक्रमण पुष्टि भएकोे छ।

जाडो महिनामा रुघाखोकी लाग्नु स्वभाविक हो। अहिलेको रुघाखोकी लागेपनि मानिसहरु तर्सिने अवस्था छ। किनभने अहिले कोरोना उत्कर्षमा पुगेको छ। यो अवस्थामा कोरोना कति समयसम्म रहला भन्न मुस्किल छ। तर, अबको केही हप्तासम्ममा पनि यो कम हुने सम्भावना निकै कम छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख ७८ हजार नाघेको छ। यो रोगको औषधि वा खोप आजसम्म बनेको छैन ।

अब चर्चा गरौँ कोरोनाका कस्ता लक्षण देखिन्छन र कसरी बच्ने बारे ।

वास्तवमा कोरोनाभाइरस के हो?

बीबीसीका अनुसार चीनको वुहाननजिकै पशुपक्षी व्यापार हुने एउटा बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो।

उक्त भाइरसको वैज्ञानिक नाम सार्स(Sars-CoV-2)  हो। सङ्क्रमणबाट हुने रोगलाई कोभिड-१९ (Covid-19) भनिन्छ।

कस्ता लक्षण देखिन्छन?

  •  सामान्यतया १०२ डीग्री ज्वरो हुनु,
  •  सुख्खा खोकी लाग्नु,
  •  छाती दुख्नु
  •  गला दुख्ने
  •  मांसपेशी दुख्ने र
  •  सास फेर्न समस्या हुने आदि ।

यसबाट जोगिन के गर्ने?

  •  घरमै बस्ने र सरसफाइमा ध्यान दिने,
  •  खासगरी हात साबुन पानीले मिचिमिची धुने
  •  खोक्दा वा हाच्छिउँ गर्दा मुख नाकको सुरक्षाको लागि मास्क प्रयोग गर्नुपर्ने आदि ।

पछिल्लो समय यसका अन्य लक्षण पनि देखा परेको रिपोर्टहरु आउन थालेका छन्। ज्वरो आउनु र खोकी लाग्नुमात्रै कोरोनाको लक्षण नभएर गन्ध र स्वाद थाहा पाउने क्षमतामा कमी आउनु पनि यसको लक्षणका रुपमा देखा परेको छ।

जर्मन विशेषज्ञहरुद्वारा रिपोर्ट गरिएको नयाँ लक्षणअनुसार गन्ध र स्वादको क्षमता कोरोना संक्रमितहरुमा कम हुने गरेको छ। यी लक्षणहरु कोरोना संक्रमित मध्ये ६६ प्रतिशत बिरामीहरुमा देखिएको छ।
अर्को नयाँ लक्षणमा पखाल पनि लाग्न सक्छ। यो लक्षण कोरोनाका बिरामी मध्ये ३० प्रतिशतमा देखा परेको छ । कोरोनाको संक्रमण विश्वमा तीव्रगितमा फैलिइरहेको छ। यो महामारीलाई रोक्न अहिलेसम्म कुनै औषधि आविष्कार भएको छैन।

यतिवेला कोभिड १९ को महामारीबाट महाशक्तिशाली राष्ट्रहरुसहित विश्वलाई नै आत्मसमरपणको स्थितिमा पु¥याएको छ । यसले विश्वलाई चैनको निन्द्रा सुत्न दिईरहेको छैन ।

वैज्ञानिकहरु दिनरात नभनेर रोकथामका लागि विश्वले आफूहरुसंग भएका सिप,ज्ञान,क्षमतालाई अधिक्तम प्रयोग गर्दा समेत नियन्त्रणमा ल्याउन सकिरहेका छैनन् । विभिन्न खोजमूलक अनुसान्धानहरु गरिरहेकाछन र पनि हामी सामू मात्र धैर्यता बाहेक अर्को औषधी छैन ।

हामी जस्ता गरिब मुलुककालागि भने अझ यो महामारीको स्वरुप जसरी फैलिरहेको छ र नियन्त्रणका लागि जे जस्तो स्रोत साधन आवश्यक पर्दछ त्यसको लागि झनै चुनौतिपुर्ण रहेको छ ।

हाम्रो मुलुकका सन्दर्भमा विगतका केहि कालखण्डहरुमा हामीले विभिन्न महामारीहरु नझेलेको होइन । नेपालका विकट पहाडी जिल्लामा होस वा तराईका अति विपन्न बर्ग समूदाय बसोवास गर्ने क्षेत्रमा भोगेका विभिन्न हैजाका रुपलाई सवैको साथ र सहयोगले पार लगाएकै हौँ विश्वसामू चुनौति बनिरहेको कोराना महामारीले न शहर, बजार, गाँऊबस्ती भन्यो न धनी, गरिव ।

केवल विश्वका सम्पुर्ण मावनजातिकै लागि बनिरहेको संकटको घडीमा सरकारले आफनो क्षमता, विद्यता र स्रोतसाधनले भ्याएसम्मको नियन्त्रणका लागि आफनो जिवनलाई धरापमा राखी चिकित्सक स्वास्थ्यकर्मीहरु अहोरात्र खटिएका छन ।

महामारी नियन्त्रण अर्थात फैलिन नदिनका लागि त्यसरीनै हाम्रा सुरक्षाकर्मीहरु लागेका छन विगतका विपतका बेला हामीले गरेका सहकार्यलाई स्मरण गर्नुपर्ने बेला आएको छ ।

कोरोना रोकथामका लागि सरकारले गरेका हरेक प्रयत्नहरुमा हातेमालो गर्दै आफूलाई असल नागरिक वा कर्तव्य सहितको नागरिकको पहिचान दिनुछ । नेपालमा अहिले विभिन्न क्षेत्रमा सयौ गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय सामाजिक संघ संस्थाहरु कार्यरतछन ।

नेपालको इतिहासमा जोसुकैले जे जे भनेपनि प्रत्येक संकटको घडीमा गैरसरकारी निकायहरुको अहम भूमिका रहेकोछ । चाहे त्यो विपतका वेला होस वा अन्य संकट आइपर्दा सरकारको सारथीका रुपमा भूमिका खेलेका छन ।

जाडो महिनामा रुघाखोकी लाग्नु स्वभाविक हो। अहिलेको रुघाखोकी लागेपनि मानिसहरु तर्सिने अवस्था छ। किनभने अहिले कोरोना उत्कर्षमा पुगेको छ। यो अवस्थामा कोरोना कति समयसम्म रहला भन्न मुस्किल छ। तर, अबको केही हप्तासम्ममा पनि यो कम हुने सम्भावना निकै कम छ।

जाडो महिनामा विशेषगरी रुघाखोकी र फ्लू देखिने सम्भावना बढ्छ। साथै कोरोनाको लक्षण र फ्लूको लक्षण लगभग उस्तै हुन्। अहिले मानिसलाई कोरोना वा फ्लूमध्ये एउटाका कारण स्वास्थ्यमा समस्या आएमा विगतको तुलनामा उनीहरुमा त्रास बढेको देखिन्छ। त्यसैले अहिले धेरै सतर्क रहनुपर्ने हुन्छ।

कोरोना र फ्लू दुवैको फैलिने र नियन्त्रण गर्ने तरिका लगभग उस्तै छ। अहिले पनि हामीले आवश्यकता अनुरुपको सतर्कता अपनाउन सकेका छैनौँ। जसको परिणाम स्वरुप कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढिरहेको छ।

यदि कुनै मानिसलाई कोरोना लागेको छ भने सो मानिसमा रुघाखोकी देखिन सक्छ। तर, रुघाखोकी मात्र लाग्दा कोरोना नै लागेको हो वा अन्य फ्लूका कारण स्वास्थ्यमा समस्या आएको भन्ने कुरामा अन्योलता हुनसक्छ। यस्तै, कोरोनाका कारण नभई मौसमका कारण रुघाखोकी लागेको भएपनि कोरोना हो कि भन्ने मनोविज्ञान रहने भयो।

वरिष्ठ दन्तचिकित्सक डा. सुशील कोइराला ‘संक्रमितलाई घरै बसाउँदा घना बस्ती रहेका शहरी क्षेत्रमा रोग नियन्त्रणमा झन् कठिनाइ हुने’ बताउनुहुन्छ । ‘संयुक्त परिवारको परम्पराका हिसाबले बनेका आवास गृहहरु, सरुवा रोगका हिसाबले असुरक्षित कार्यस्थल र सुधार्न नसकेको हाम्रो आचरणका कारण मुख्यतः काठमाडौं उपत्यका कोरोनाको ‘हट स्पट’का रुपमा स्थापित हुन लागेको’ डा. कोइरालाको विश्लेषण छ ।

डा. कोइरालाले थप्दै भन्नुहुन्छ– ‘जिल्ला तथा स्थानीय अस्पतालदेखि नै चिकित्सकको दरबन्दी, बेड, अक्सिजन, भेन्टिलेटर थप गर्नुपर्नेमा तुरुन्त पैसा आउने भएर होला खाना, गाडी, लत्ताकपडा र सुविधाका सामानमा बढी खर्च गरेर बजेट सिध्याउने काम भयो । स्थानीय तहले करारमा लिएका फ्रन्टमा काम गर्ने डाक्टरलाई राम्रो सुविधा दिइएन । स्वास्थ्य पूर्वाधार तयार गर्ने कुरामा ध्यान नदिनु सरकारको ठूलो कमजोरी भयो ।’

त्यस्तै डा. कोइरालाले भन्नुभयो– ‘महामारी नियन्त्रणका लागि नियम बनाइयो तर प्रधानमन्त्री, मन्त्री, प्रशासक, प्रहरीले नै नियम पालना गरेनन् भने अरुले किन मान्ने ? सार्वजनिक ठाउँमा देखिँदा उनीहरुले मास्क लगाउनुपर्छ कि पर्दैन ? मास्क नलगाई ग्रुपमा नजिकै बसेर फोटो खिच्ने, मिटिङ गर्ने, आपmनो मानिसलाई खुला आवतजावत गर्न दिने अनि सर्वसाधारणले किन नियम मान्छ ? भयानक गल्ती यहाँ भयो ।’

नेतृत्वलाई सल्लाह दिनेहरु पनि राजनीतिक आस्थाका भए, ती विज्ञले अरु स्वतन्त्र विज्ञलाई मान्छे गनेनन् । यस्तै गरी महामारीका बेला केही विज्ञहरुबाटै पब्लिकलाई उचाल्ने काम भएको छ, जुन गर्न पाइँदैन । सरकारलाई विज्ञ तथा सल्लाहकारका रुपमा दिइएका सल्लाह एक घण्टापछि सोसियल मिडियामा प्रचार गर्छन्, जुन गलत भएको डा. कोइरालाले उल्लेख गर्नुभयोे । उनीहरु नैतिकवान् र खुला हृदयका भएनन् ।

कोरोना र मौसमी रुघाखोकी कसरी छुट्याउने ?
सरकारले कोरोनाको पर्याप्त परीक्षण गर्न नसकिरहेका बेला मानिसहरु आफैँ सतर्क रहन आवश्यक रहेको डा. शेरबहादुर पुनले यसरी उल्लेख गनुृभएको छ। कदम कदाचित बिरामीहरु अस्पतालमा आए कोरोना र मौसमी रुघाखोकी कसरी छुट्याउने र औषधि गर्ने भन्ने बारे यस्तो बताउनुभएको छ:

  •  कोरोनाको शंका लागेर अस्पताल आउँदा उनीहरुलाई संक्रमितको सम्पर्कमा आएको वा नआएको? यात्रा, कसैसँग एक मिटरको दूरी कायम नगरी १५ मिनेटभन्दा बढी कुराकानी भएको थियो कि लगायतका प्रश्न सोध्ने यदि अस्पतालव आएको त्यो व्यक्तिले यस्ता क्रियाकलाप गरेको थियो र रुघाखोकी पनि लागेको छ भने अनिवार्य कोरोना परीक्षण गर्न सल्लाह दिने।
  • संक्रमितको सम्पर्कमा आउने कुनै पनि कार्य नगरेको भए आफूले जानेर परीक्षण गरे उपयुक्त हुन्छ।
  •  कोरोना र मौसमी रुघाखोकी छुट्याउने अर्को सजिलो तरिका भनेको सुँघ्ने शक्ति ९गन्ध० र स्वाद थाहा पाउने क्षमता दुवै कमजोर भयो भने कोरोनाको सम्भावना बढी हुन्छ। यस्तो भएमा जो कोही पनि परीक्षणका लागि अस्पताल जानुपर्छ।
  •  कोरोना र मौसमी फ्लूबाट बच्ने तरिका लगभग उस्तै भएकाले मानिसहरुले बच्ने उपाय राम्ररी अपनाउने हो भने दुवैबाट बच्न सकिन्छ।
  •  साथै, कोरोना र फ्लू फैलिने तरिका पनि उस्तै भएकाले सतर्कता अपनाउन जरुरी छ। कोरोनाको खोप अहिलेसम्म नबने पनि फ्लूको भने खोप पाइने भएकाले यसबाट बच्न प्रत्येक वर्ष सबैले खोप लगाउनु पर्छ।

अहिले कोरोना फैलिरहँदा फ्लूको खोप लगाउन अझै बढी आवश्यक भएको छ। किनभने कोरोना र फ्लूबाट एकैपटक संक्रमित भएमा बिरामीको स्वास्थ्यमा अझै कडा समस्या ल्याउँछ। कतिपय देशमा कोरोना र फ्लू दुवैको परीक्षण गरेर मात्र उपचार सुरु गर्ने गरेका छन्।

अहिले सबै प्रायः क्षेत्र खुलिसकेको अवस्थामा मानिसमा कोरोना नियन्त्रण भइसकेको भ्रम सिर्जना भएको छ। आगामी दिनमा कोरोना लागेपनि मानिसहरुले मौसमी फ्लू भनेर हेलचक्राइँ गर्ने सम्भावना अत्यधिक छ। कोरोना मात्र नभई फ्लूलाई नै पनि हेलचक्राइँ गर्ने हो भने यो घातक हुन सक्छ।

तत्थ्यांकलाई हेर्ने हो भने अमेरिकामा फ्लूसँग सम्बन्धित जटिलताका कारण वर्षेनी ६० हजारको हाराहारीमा मानिसको मृत्यु भएको छ। तसर्थ हामीले कोरोनालाई मात्र प्रथमिकतामा राखेर फ्लूलाई हेलचक्राइँ गर्नु हुँदैन।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोनाबाट बच्नका लागि निम्न लिखित प्रणयः गर्नुपर्ने बताउनुहुन्छः
१. म बिनाकाम घरबाहिर जाने छैन ।
२. घरबाहिर जाँदा सहि तरिकाले मास्क, चस्मा र पंजा लगाउनेछु । बाटोमा मास्कबिना हिंडेको कोहि देखेमा मसंग खल्तीमा भएको नयाँ मास्क उसलाई दिनेछु ।
३. मैले जहाँपनि ६ फिटको भौतिक दुरी राखेर हिंड्नेछु र बस्नेछु । यसको लागि पर्खने, अरुलाई बाटो दिने गर्नेछु । दुरी कायम गर्न अरु व्यक्तिलाई पनि अनुरोध गर्नेछु ।
४. म भीडभाडमा जाने छैन । कोरोना संक्रमण भीडभाडबाट सर्छ भन्ने कुराप्रति म सचेत छु ।
५. मैले बाटो वा अन्य कार्यालयमा खल्तीमा राखेको स्यानिटाइजर प्रयोग गर्नेछु । घर, अफिस लगायत ठाउँमा साबुनपानीले नियमित हात धुनेछु । अन्य व्यक्तिलाई पनि हात धुन प्रेरित गर्नेछु ।
६. घर पुगेपछि मैले प्रयोग गरेका मास्क तथा पंजालाई खाल्डोमा गाड्नेछु । चस्मा, झोला, बाहिरी कपडा सकभर घरबाहिर वा कोठाबाहिर राख्नेछु । घरभित्र पुगेपछि साबुनपानीले मिचिमिची हात धुनेछु । नाक, मुख तथा आँखामा हात लाग्ने बानी छोड्नेछु र छोडाउनेछु ।
७. कोरोना भाइरस श्वासप्रश्वासजन्य भाइरस भएकोले फलफूल, तकारी, खाधान्न आदिलाई राम्रोसंग सफा गर्यो भन्ने सर्दैन भन्ने तथ्य मैले बुझेको छु ।
८. कोरोना संक्रमितमध्ये ८५ ५ लाई लक्षण नदेखिएर वा सामान्य देखिएपनि आफै निको हुन्छ । ८ प्रतिशतलाई सामान्य उपचारले निको हुन्छ । ७ ५ लाई आइसीयु भेन्टिलेटर चाहिने हुनसक्छ । मृत्युदर ३ ५ मात्र छ, त्यो पनि जोखिमबर्गलाई भन्ने तथ्य मैले बुझेको छु । नेपालमा कोरोना संक्रमणको मृत्युदर अहिलेसम्म ०.४ ५ पनि छैन भन्ने थाहा पाएको छु । तसर्थ डराउनुपर्ने कारण छैन भन्ने मैले बुझेको छु ।
९. मैले आधिकारिक सुचना र बिज्ञको भनाइ र सल्लाहमात्र पत्याउनेछु । भ्रम र हल्लाको पछि लाग्ने छैन ।
१०. कोरोना भाइरससंग लड्न इम्युनिटी पावर बढाउन म अग्रसर हुनेछु । यसको लागि अमिला फलफूल, हरिया सागसब्जी, दुध, गेडागुडी, अण्डा, गुर्जोंतुलसी ंबेसार ं ज्वानो ं अदुवा मिलाएको सुप खानेछु, घाम ताप्नेछु, व्यायाम गर्नेछु । चिन्ता गर्नेछैन । रक्सी, चुरोट र सुर्ती खाने छैन ।
११. यो भाइरस केहि बर्ष रहेपनि म बचेर आफ्नो काम गर्नेछु । मानसिक तनाब, चिन्ता लिने छैन । सतर्क हुनेछु तर डराउने छैन ।
१२. कोरोना संक्रमित, निको भएका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, संचारकर्मी, खाध्य ढुवानीकर्मी तथा सरकारका नीतिनियमलाई सम्मान गर्नेछु । बायस हुनेछैन ।

शैक्षिक गतिविधि लगभग ठप्प
अहिले नेपनलमा मात्र नभई विश्वमा नै सबै स्कूल तथा कलेजहरू बन्द छन् । शैक्षिक गतिविधि लगभग ठप्प छ । भर्ना अभियान लगायत आगामी शैक्षिक सत्रका योजना निर्माणका कार्यक्रम स्थगित भएका छन् । यसरी समग्र शैक्षिक क्षेत्र तहसनहस नै बनिरहेको स्थिति छ । कर्मचारी वर्गको सेवामूलक कामहरू सबै रोकिएका छन् । लामो समय भएकाले मानिसहरुलाई घरमा बसेर समय कटाउन सकस भएको छ । उद्योग कलकारखाना प्रायः बन्द छन् । उत्पादन शून्य छ ।

आयात गरिएका सामाग्रीले कहिलेसम्म धान्ने हो, निश्चित छैन । बजारमा मौका छोप्ने तस्कर तथा कालाबजारीहरू विभिन्न रुप र समूहमा देखा परिरहेका छन् । नागरिक समाजको शोषण अत्यधिक गरिएको छ । सरकार स्वयंमा कोरोना भाईरसबाट स्वाभाविक आतंकभित्र जकडिएको छ । लक डाउनको निर्णय बाहेक सरकारी उपस्थिति देखाउन सरकारलाई हम्मे परेको बुझिन्छ ।

उराठलाग्दो दृश्यबीच जनताका त्रसित र भयपूर्ण मनोभाव छरपस्ट भैरहेका छन् । यी अवस्था नेपालमा मात्र नभई विश्वव्यापी बनेको र मात्रात्मक रुपमा कतै घटी वा बढी देखिएको पाईन्छ । नेपालकै हकमा कोरोना भाईरसकै कारणले आजसम्म चार सय बढीको मृत्यु भएको पुष्टि भएको छ । संक्रमित संख्या ८० हजार कटिसकेको छ । कृषि, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, विकास निर्माण जस्ता सबै क्षेत्र प्रभावित भएकोले आर्थिक मन्दीको ठूलो अबस्था देखिएको छ ।

यो कोरोना भाईरसको महामारीबाट मानव जाती मात्र नभई समग्र प्राणी जगतको नै संकट निम्ताएको छ ।
पृथ्वीमा मानव जाती लगायत सम्पूर्ण प्राणी जगतमा सम्भाव्य रोग, खतरा तथा समस्या, आदि बारे समाधान गर्न थप नयाँ खोज, आविष्कार तथा अनुसन्धान जरुरी पर्दछ । यथास्थितिमा नरमाइ नितान्त नौलो, अनौठा तथ्यहरू पहिल्याउने, आविष्कार गर्ने, सम्भाव्य हमला, आक्रमण रोक्ने र डरलाग्दा रोगहरूको उपचारको खोजी तर्फ हरेक देशका मानिसहरु लागि परेका छन ।

अर्थ व्यवस्थामा नकारात्मक असर
प्राकृतिक र गैर प्राकृतिक साधनस्रोतको उपयोगबाट समग्र अर्थ व्यवस्थामा भिन्न संरचना निर्माण गर्नुपर्ने अवस्थालाई अर्थविद्हरूले स्वीकार्दै आएका छन् । विश्व नै कोरोना महामारीको यो स्थितिबाट विद्यमान अर्थ व्यवस्थामा पारेको नकारात्मक असरले व्यापक आर्थिक मन्दीको त्रासमा रहेका अर्थविद्हरू सम्भाव्य आर्थिक दूरावस्थाको आतंक र भयलाई हल गर्न नयाँ सोच र नयाँ शैलीमा अर्थ व्यवस्थाको भिन्न संरचना खोजिरहेका छन् ।

यस पृथ्वीमा भएका तमाम प्राकृतिक स्रोत र ऊर्जा तथा साधनहरूको उपयोग अत्याधुनिक प्रविधिमार्फत् चमत्कारपूर्ण शैलीमा रुपान्तरित हुने अपेक्षा गर्न सकिन्छ कि भन्ने नयाँ सोच पनि आम मानिसको अनुसन्धानको विषय बनेको छ । कृषि तथा औद्योगिक वस्तुको उत्पादनमा बृद्धि गर्न नयाँ उपाय खोज्न जरुरी भएको छ । अर्थतन्त्र धरासायी बनिसकेकाले कोरोनासँग लड्दै बाँच्न सिक्नुपर्छ।

मानिसहरुको जमघटलाई काम गर्नुपर्छ। सवधानी अपनाएर मुलुकको अर्थतन्त्रलाई जिवन्तता दिनुपर्छ। विकास निर्माणको काममा समेत यसले ठूलो असर गरेको छ। हेल्थ प्रोटोकल फलो गरेर काम अघि बढाउनुको विकल्प छैन। अहिले हाम्रो महानगरका केही ठाँउमा विकास निर्माणका काम भइरहेका छन्। त्यो बाहेक ९० प्रतिशत काम त बन्द नै छ। यस्तो अवस्थालाई सहज बनाउन सजगता अपनाएर कोरोनासँग जुधेर अघि बढ्नुको विकल्प छैन।

निष्कर्षः हामीले यो महामारी बाट बच्नका लागि सधै लकडाउन वा निषेधाज्ञा गरेर मात्र पुग्ने अवस्था छैन । त्यसैले भाइरसबाट बच्नका लागी विशेष सावधानी अपनाउँदै आफनो दैनिक जिवनलाई सहज रुपमा संचालन गर्नु आवस्यक देखिन्छ ।

कोरोनाबाट मुक्ति पाउन त लामै योजना बनाउन पर्ला। नेपालमा पनि एकै चोटी कोरोना जाला भनेर सोच्न सकिँदैन । लामो समय लाग्न सक्छ। खोप पनि बन्यो भने यसबाट बच्न राहात मिल्ने आशा र विश्वासमा बसौं । लामो समय संक्रमण रहँदा सँधैभरी लकडाउन र निषेधाज्ञा लगाएर कोरोनासँग वर्षौ लुकेर बस्न पनि सकिएला भन्न सकिदैन। सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइज गर्ने लगायतका सावधानीका उपाय अवलम्बन गर्नुपर्छ।