न्युज अफ नेपाल, काठमाडौँ ।
देशभर कोरोना संक्रमित नेपाली सेनाको कुल संख्या २ हजार ९८८ पुगेको छ । जसमध्ये हालसम्म १ हजार ५१८ जना कोरोना मुक्त भइसकेका छन् ।
यस्तै, सक्रिय संक्रमितको संख्या १ हजार ४६८ रहेको छ भने संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या २ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र सेनामा कार्यरत थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया