स्वास्थ्य केन्द्र लैजादै गर्दा बाटोमै सुत्केरीको मृत्यु

0
Shares

दयाराम पण्डित, बाजुरा ।

बाजुराको बुढिनन्दा नगरपालिका ४ कुरुमा स्वास्थ्य संस्थालग्दै गर्दा बाटोमा सुत्केरीको मृत्यु भएको छ । सुत्केरी हुननसकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजादै गर्दा बाटोमा २३ वर्षिया अम्बकला रोकायाको बिहिवार राति मृत्यु भएको वडा अध्यक्ष राजन रोकायाले वताए।

गाँउमा प्रसुति सेवा केन्द्र नभएपछि आफन्तले बोेकेर ५ घण्टा टाढा रहेको कोल्टीप्राथमिक स्वास्थ्य केन्द्रमालिदै गर्दा मृत्यु भएको अध्यक्ष रोकायाले वताए । दिउसो सुत्केरी ब्यथालागेकीअम्बकलालाई गाँउमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमालगिएको थियो । त्यहाँ प्रसुति सेवादिने तालिमप्राप्त स्वास्थ्यकर्मी नभएपछि आफन्तले बोकेर कोल्टील्याउदै गर्दा उनको मृत्यु भएको आफन्तले वताएका छन् ।

कुरु गाँउमा प्रसुति केन्द्र स्थापनानहुदात्यहाँकामहिलाहरुले धेरै समस्याभोग्दै आएका छन् । यो बर्ष मात्र २ जनाले कोल्टि ल्याउदै गर्दा बाटोमाबच्चाजन्माएको वडा अध्यक्ष रोकायाले वताएका छन् । अध्यक्ष रोकायाले भने कार्यपालिकाको २ वटा बैठकमा र पटक पटकप्रमुखप्रशासकीयअधिकृत रामदत्तन्यौपानेलाई बुढिनन्दा ४ को स्वास्थ्यआधारभुतइकाइमा प्रसुति केन्द्र स्थापनाकालागिपहल गरेको थिए, कसैले पनिवास्तानगरेको उनले वताए ।

कुरु स्वास्थ्यचौकीमासुत्केरी गराउने आधारभुत स्वास्थ्य सामाग्री र भौतिक सुविधा छ । एकजना सुत्केरी गराउने दक्षजनशक्तीमाग गरेका छौं । अहिले सम्मनगरपालिकाले कुनै सुनुवाई नगरेको स्थानइिको गुनासो छ । गतबर्ष मात्रबाजुरामा ५ जना सुत्केरीको मृत्यु भएको थियो ।पहंचवाला हेलिकप्टर चार्टर गराएर उद्धार गर्छन् । पहुंच विहिन सुत्केरीले बाटोमै ज्यानफाल्नु परेको छ ।